चिनियाँ राष्ट्रपति सी केहीबेरमा काठमाडौँ आउँदै

काठमाडौं : भारत भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनफिङ केहीबेरमै नेपाल आउदैछन् । चिनियाँ राष्ट्रपति सी सवार विमान नेपाली आकासमा प्रवेश गरीसकेको बताईएको छ । राष्ट्रपति सी भारतको चेन्नाईबाट नेपाल प्रस्थान गरेका हुन । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका सीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थनमा स्वागत गरिनेछ ।

उनको स्वागतका लागि नेपालमा विशेष तयारी गरिएको छ । उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनिया राष्ट्रपति सीलाई स्वागतगर्नेछिन । २३ बर्ष पछि चिनियाँ नेतृत्वको नेपाल भ्रमणलाई निकै चासो र महत्वकासाथ हेरिएको छ । यस अघि भारतयीत प्रधानमन्धी नरेन्द्र मोदी र सी जिनपिङबीच चेन्नईमा अनौपचारिक वार्ता भएको थियो । भारत भ्रमणको दोस्रो दिन शनिबार दुई नेताबीच तामिलनाडुको महाबलीपुरमस्थित कोव रिसोर्टमा करिव ४० मिनेट अनौपचारिक वार्ता भएको हो ।

२०७६ असोज २५ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :