चितवन मेडिकल कलेजका विद्यार्थीले मनाए २५ औँ जनयुद्ध दिवस


चितवन : चितवन मेडिकल कलेजका सङ्घर्षशील युवा विद्यार्थीहरूले देशमा जनतन्त्र स्थापना गर्न १० वर्षसम्म सञ्चालित जनयुद्धको २५ औँ दिवस भव्यतापूर्वक मनाएका छन् । विद्यार्थीले जनयुद्धमा होमिएका घाइते, अपाङ्ग, बेपत्ता र उच्च बलिदान गरेका महान् सपूतहरूलाई सम्झिँदै परिआएको खण्डमा मेडिकल सङ्घर्षका क्रममा फेरि अर्को आँधीबेहरी सिर्जना गर्ने सङ्घर्षमा होमिने बाचा गर्दै स्वतस्फूर्त ढङ्गले मैनबत्ती प्रज्वलन गरेका छन् ।

विद्यार्थीहरूले मेडिकल क्षेत्रमा मौलाएको विकृति, भ्रष्टाचार र लूटका विरुद्ध नेतृत्वदायी सङ्घर्ष सञ्चालन गरिरहेका छन् । देश र आमजनताको मनमस्तिष्क विद्यार्थी आन्दोलन स्थापित बनेको छ । फागुन १ गते देशविदेशमा रहेका क्रान्तिकारीहरुले २५ औंँ जनयुद्ध दिवस मनाइरहेको समयमा विश्वका कयौँ युवकयुवती भने पश्चिमा संस्कृतिको भ्यालेन्टाइन डे इभमा रमाइरहेका छन् । सत्तामा रमाइरहेका जनयुद्धका प्रतिनिधिहरू आज जनयुद्ध शब्द उच्चारण गर्न पनि डराइरहेको अवस्थामा चितवन मेडिकल कलेजमा अध्ययनरत सहिद सन्तति सङ्घर्ष समिति र अन्य विद्यार्थीले भने भरतपुरको चौबीसकोठीमा भेला भएर २५ औँ जनयुद्ध दिवस मनाएका हुन् । उनीहरुले अर्को क्रान्तिको आवश्यकता महसुस गर्दै मैनबत्ती प्रज्वलन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :