चितवनमा सहिद सप्ताहको उद्घाटन कार्यक्रम

नारायणी व्युरोमा आज शैक्षिक हड्ताल


चितवन : २५ औँ जनयुद्धको अवसरमा आज फागुन १४ गते नेपाल कम्युनिस्ट पार्टी चितवनको कालिका नगर कमिटीको आयोजनामा सहिद सप्ताहको जिल्ला इन्चार्ज शार्दूलले उद्घाटन गरेका छन् । कालिका नगरपालिका अन्तरगत बस्ने सहिद परिवारजनलाई दोसल्ला ओढाई अविर लगाएर जिल्ला इन्चार्ज शार्दूलले अभिनन्दन गरेका हुन् ।

सहिद सप्ताह फागुन १४देखि २१ गतेसम्म नेकपाले मनाउँदै आइरहेको छ । सहिद सप्ताह उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज शार्दूलले वैज्ञानिक समाजवाद स्थापना गर्न र सहिदको सपना पूरा गर्न हाम्रो पार्टी प्रतिबद्ध भएर आन्दोलन गरिरहेको छ । आज सामाजिक फासिवादी सरकारले हाम्रो पार्टीलाई प्रतिबन्ध लगाएर दमन, धरपकड र हत्या गरिरहेको छ । केपी वली सरकार भ्रष्टचारमा चुर्लुम्म डुबेको छ । सामाजिक फासिवादी सरकारको विरुद्ध आन्दोलन गर्न आग्रह गर्दै उनले, दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तिको कार्यदिशामा एकजुट भई आन्दोलनमा सहभागी हुन देशभक्त, प्रगतिशील सबैलाई अपिलसमेत गरे ।

यसैगरी चितवनको राप्ती, भरतपुर महानगरपालिका र रत्ननगरमा पनि सहिद सप्ताहको उद्घाटन भएको खवर प्राप्त भएको छ ।

नारायणी व्युरोमा आज शैक्षिक हड्ताल

अखिल (क्रान्तिकारी)ले आफ्नो नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै आज १४ गते घोषणा गरेको आम शैक्षिक हड्ताल नारायणी व्युरो अन्तरगतका चितवन, बारा पर्सा, मकवानपुर र रौतहटमा सम्पन्न भएको छ । सरकारी तथा निजी शिक्षण संस्था सम्पूर्ण बन्द रहेको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :