चितवनमा सनराइज स्मृति सभा सम्पन्न

भीमबहादुर खड्का / चितवन, साउन २८ : नेपाल कम्युनिस्ट पार्टी, चितवनले वीरेन्द्र बहुमुखी क्याम्पस परिसरमा चुनाव खारेजी अभियानको क्रममा शाहदत प्राप्त गर्नु हुने चन्द्रबहादुर सिंह ‘सनराइज’ को स्मृति सभा सम्पन्न गरेको छ ।

कार्यक्रमका अध्यक्षता प्रकाश चन्द र नेपाल कम्युनिस्ट पार्टी चितवनका इन्चार्ज लालबहादुर बिसीको प्रमुख आतिथ्यता र इलाका सेक्रेटरी पावेल रघुवीर रणदीप, अखिल (क्रान्तिकारी) को जिल्ला अध्यक्ष प्रेम चौधरी, के.स. लक्षुराम, दलित मुक्ती मोर्चाका अध्यक्ष मानबहादुर परिवार, अ.ने.कि.(क्रान्तिकारी) का अध्यक्ष लोकराज पाण्डे, अ.ने.म.सं.(क्रान्तिकारी) संघकी अध्यक्ष विष्णु कोइराला, बेपत्ता तथा घाइते परिवारका अध्यक्ष अमर गोपालीलगायतले अतिथि ग्रहण गर्नुभएको थियो ।

प्रमुख अतिथि बिसीले “संसदीय व्यवस्थाका विरुद्ध चुनाव खारेजी अभियानको क्रममा शाहदत प्राप्त गर्नुहुने क. सनराइजप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको रगतलाई सदैव क्रान्तिकारीहरुले उच्च सम्मान गर्नुपर्ने र उहाँले देखाएको बाटोमा हिँडी एकीकृत जनक्रान्ति मार्फत तमाम समस्याहरु हल गर्न लागि पर्ने दृढता व्यक्त गर्नुभयो ।’’

२०७४ साउन २८ गते ७ :१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :