चितवनमा बाढीका कारण ३ दर्जन गाउँ डुबानमा

भीमबहादुर खड्का / चितवन, साउन २८ : भीषण बर्षाका कारण चितवनको दक्षिण क्षेत्र माडीका ३ दर्जन गाउँहरु डुबानमा परेका छन् भने एउटा पुल बगाएकोे छ । माडीको गटुवा, बनकट्टा, कुन्तीपुर सन्तपुरलगाउतका ठाउँमा करिब ३०/३५ घर डुबानमा परेका छन् । डुबानका कारण माडीको सम्पुर्ण यातायात सेवासमेत अबरुद्ध भएको छ । माडीको बरुवा चिरौली स्थित चिताई खोलाको पुल बगाएको किरन सुनुवारले बताएका छन् । पानीको सतह अहिले ३ मिटर ३७ सेन्टीमीटर पुगेको छ भने यो सतह घट्दै गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकोे छ ।

२०७४ सााउन २८ गते १ : २४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :