चितवनमा प्रहरीले घिसिङलाई गिरफ्तार गरी कुटेरा हत्या : जनताले गरे प्रहरी चौकी कब्जा


चितवन : बिहीबार चितवन जिल्लाको कालिका नगरपालिका सुन्दरबस्तीको युर्यपुर गाउँमा बस्ने वर्ष २३ को उपेन्द्र घिसिङलाई प्रहरीले गिरफ्तार गरी टाँरी प्रहरी चौकीमा चरम यातना दिइ कुटेरा हत्या गरेको समाचार प्राप्त भएको छ ।

प्रहरीले सर्वसाधारण जनतालाई गिरफ्तार गरी कुटेरा मारेपछि अहिले चितवन जिल्ला तनावग्रस्त छ । जनताहरुले जुटपानी चौकीमा घेरा हालेर तोडफोड गरी नाराजुलुस गर्दै कब्जा गरेका छन् ।

चितवनका जयमंगला चौकी, कृष्ण मन्दिर चौकी र पदमपुर चौकीमा कार्यरत प्रहरीहरु जनताहरुको आक्रोसलाई नियन्त्रण गर्न नसकेर चौकीबाट भागेका छन् । अहिले जनता र प्रहरीबीच भिडन्त भइरहेको छ भने २ जना प्रहरी घाइते भएको समाचार प्राप्त भएको छ ।

२०७६ वैशाख २७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :