चितवनको पम्फा खोलामा बम विस्फोट हुँदा, एक जना घाइते


चितवन : चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ मा पर्ने पम्फा खोलामा टाइम बम विस्फोट भएको छ । दिउसो १ बजे तिर भएको टाइम बम विस्फोटमा परि १ जना घाईते भएका छन् । स्थानीय राजन सिल्वालले शंकास्पद बस्तु देखेपछि के रहेछ भनेर हेर्ने क्रममा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिएका छन् ।

चितवनमा आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको घोषणा गरेको छ । बन्दको पूर्वसन्ध्यामा राखिएको टाइम बम विस्फोटन भएको हुन सक्ने प्रहरीको अनुमान छ । घाईते सिल्वालको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको हात र छातिमा चोट लागेको छ ।

२०७६ भदौ ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :