घुसिया सहायक निरीक्षक पक्राउ


काठमाडौं / साउन ११ : सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा सहकारी डिभिजन कार्यलय लहानका सहायक सहकारी निरीक्षक सुवास गड्तौलालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूवाञ्चल क्षेत्रीय कार्यालय इटहरीको टोलीले बुधबार अपरान्ह पक्राउ गरेको छ । उनलाई कार्यालयमै १५ हजार घुस लिँदालिँदै आयोगका पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक रमेश बस्नेतकोे नेतृत्वमा आएको टोलीले पक्राउ गरेको हो । आयोगका पूवाञ्चल क्षेत्रिय कार्यालय इटहरीका प्रवक्तासमेत रहेका उपरीक्षक रमेश बस्नेतको टोलीले १५ हजार घुस रकम सहित सहायक सहकारी निरिक्षक सुवास गड्तौलालाई रंगेहात पक्राउ गरेका छन् । उनलाई प्रहरी हिरासतमा राखिएको जानकारी बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :