गोर्खाबाट किसान संगठनको जिल्ला संयोजक पन्त गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला सदस्य तथा अखिल नेपाल किसान संघ क्रान्तिकारीको जिल्ला संयोजक रोहितप्रसाद पन्तलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार राति ११ बजेतिर सहिद लखन गाउँपालिका – ४ को राइनासबाट पन्तलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पन्तलाई कुरिनटार प्रहरी चौकीका प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिएका छन् ।

पन्तमाथि राजद्रोहको कसुरमा जिल्ला अदालत गोरखाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

२०७६ असार १३ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :