गैरआवासीय नेपाली सङ्घका कावा अध्यक्ष थापाद्वारा पोर्चुगलमै पत्रकार कुटिए

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगल केन्द्रीय समितिले गत आइतबार गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्, पोर्चुगलका वरिष्ठ उपाध्यक्ष तथा वर्तमान कार्यवाहक अध्यक्ष भीमसेन थापाले सङ्घकै कार्यसमितिका सदस्य तथा सञ्चारकर्मी सविन धिताल (प्रवीण) माथि गरेको साङ्घातिक आक्रमणप्रति घोर भत्र्सना गरेको छ । मोर्चाका अध्यक्ष पूर्णबहादुर विश्वकर्माले विज्ञप्ति जारी गरी उक्त घटनाको भत्र्सना गरेका हुन् ।

विश्वकर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो सङ्गठन समाजमा भएका हरेक समस्याको समाधान आपसी छलफल र सौहार्दपूर्ण वातावरणमा हल गर्ने कुरामा पूर्ण विश्वास राख्छ । कुनै पनि सामाजिक संस्थाको नेतृत्वमा रहेका व्यक्ति नै गैरकानुनी तथा उद्दण्ड क्रियाकलापमा संलग्न भेटिएकाले निजलाई तत्काल कारबाही अगाडि बढाउन हाम्रो सङ्गठन सम्बन्धित संस्थालाई जोडदार आह्वान गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :