गिरफ्तार गरिएकाहरुलाई विनाशर्त रिहा गर : जंगली

काठमाडौं : भ्रष्टाचार बिरुद्धको अभियानमा लागिरहेका र राजनैतिक तथा संगठनात्मक गतिविधि गरिरहेका आफ्नो संगठनका नेता कार्यकर्तालाई सरकारले गिरफ्तार तथा धरपकड गरेको भन्दै नेकपाको युवा संगठन नेपालले आपत्ति जनाएको छ । युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलीले एक प्रेस विज्ञप्ति जारी गर्दै राज्यद्वारा गिरफ्तार गरिएका आफ्नो संगठनका केन्द्रीय सदस्य बिपिनलाई विनाशर्त रिहा गर्न माग गरेका छन् । भाद्र १८ गत्ते मोरङको सुन्दर हरैचा नगरपालिका ३ गछियाबाट बिनाकारण गिरफ्तार गरी झुट्टा मुद्धा लगाएको भन्दै सरकारी हर्कतको भत्र्सना र विपिनको विनाशर्त रिहाईको माग गरेका छन् । साथै युवा अध्यक्ष पाटनले आफ्ना कैयौ नेताकार्यकर्ताहरुलाई अनावश्यक गिरफ्तार र दमन गरेको भन्दै सरकारलाई यस्ता खालका हर्कत तुरुन्त बन्द गर्न चेतावनी समेत दिएका छन् ।

२०७६ भदौ २२ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :