गाउँपालिकाको गाडीमा आगजनी


सल्यान : सल्यानमा अज्ञात समुहले शिद्धकुमाख गाउँपालिकाको रा १ झ १७० नम्बरको गाडीमा गएराती ११ बजेतिर आगजनी गरेको समाचार प्राप्त भएको छ ।

गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेका अनुसार टाटा कम्पनीको ३७ लाख ३० हजार मुल्य पर्ने डबल क्याप स्कार्पियोमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट गाडीमा पुर्ण रुपले क्षति पुगेको छ । अहिले घटना स्थलमा प्रहरी टोली पनि पुगेको छ ।

आगजनी कसले र किन गर्यो ? भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए ।

२०७६ भदौ २९ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :