गरिबलाई ऋण बोकाउन पापी दसैँ आयो

गीत

धनीहरूको घरआँगनमा खुसीयाली छायो
गरिबलाई ऋण बोकाउन पापी दसैँ आयो
धन हुनेलाई आयो दसैँ सबको घरघरमा
गरिबलाई आयो दसैँ कस्तो दुःखी कर्म ।

दसैँ आयो, दसैँ आयो भन्छन् सबैजना
दुखियाको घरमा छैन बिहान–बेलुका खान
भकारीमा न छ अन्न न छ खोरमा खसी
जलिरको यो मेरो मन बुझाऊँ कता बसी ?

धनीहरू पैसा बोकी बजारबजार जाने
गरिबका छोराछोरी के लाउने के खाने
पापी दसैँ फर्की–फर्की आउँछ जहिले पनि
गरिबलाई शान्ति–चैन छैन कहीँ पनि ।

पोर दसैँको रिन पनि तिर्न पाको छैन
फेरि आयो भन्छन् दसँै खुसी लाको छैन
दसैँ आउँछ बर्सैपिच्छे रिन मात्र हुन्छ
सम्झिएर ल्याउँदाखेरि भित्री मन रुन्छ ।

मनमा शान्ति भएदेखि यो मन किन रुन्थ्यो
गरिबलाई पापी दसैँ नआए नि हुन्थ्यो
गरिबको मनको इच्छा मनमा हराई गैछ
मन त ठूलो हैन रैछ धनै ठूलो रैछ ।

२०७६ असोज २१ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :