क्षत्री र शाक्यलाई विना सर्त स–सम्मान रिहा गर – विप्लव (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका धवलागिरी व्युरो इन्चार्ज विप्लवले बिहीबार एक विज्ञप्ति निकाली साउन ६ गते साँझ ५ बजेको समयमा म्याग्दी जिल्लाको बेनी नगरपालिका ३ नयाँ पुलबाट धवलागिरी व्युरो सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज विकिरण क्षत्री र जिल्ला सेक्रेटरी बाबुलाल शाक्यलाई विनाकारण दलाल सत्ताका रक्त पिपासुहरुले एकोहोरो फाइरिङ गरी गिरफ्तार गरेकोप्रति घोर भत्र्सना गर्दै विना सर्त स–सम्मान रिहा नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

व्युरो इन्चार्ज विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘आम नेपालीको चाहाना शान्ति, समृद्धि, समानता र सार्वभौम सम्पन्न नेपाल हो । तर विडम्बना वर्तमान पिके–केपी सरकार कम्युनिस्टको भ्रम छर्दै जनतालाई चर्को कर असुल्ने, भ्रष्ट, तस्कर, काला बजारिया, बलत्कारीहरुलाई प्रसय दिने र आफ्नो सत्ता स्वार्थकोलागि सत्ताको चरम दुरुपयोग गर्दै सर्वसाधारण जनतामाथि व्यापक दमन धरपकड र निशस्त्र व्यक्तिमाथि गोली चलाई नक्कली दोहोरो भिडन्तको नाममा जनता मार्ने कार्य गर्दै आइरहेको कुरा यहाँहरुलाई सर्वविदितै छ ।’

इन्चार्ज विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘सोहीक्रममा यसै धवलागिरी व्युरो सदस्यहरु तथा म्याग्दी जिल्लाका इन्चार्ज कमरेड विकिरण क्षत्री र जिल्ला सेक्रेटरी कमरेड बाबुलाल शाक्यलाई विना कारण पार्टीको कामकाजमा निशस्त्र रुपमा खटिरहेको परिवेशमा दलाल सत्ताका रक्त पिपासुहरुले एकोहोरो फाइरिङ गर्दै यहि साउन ६ गते साँझ ५ बजेको समयमा म्याग्दीको बेनी नगरपालिका ३ नयाँ पुलबाट गिरफ्तार गरेको छ । उक्त कदमले नेपालीहरुको बोल्न पाउने मौलिक अधिकारमासमेत धज्जी उडाएको छ । उक्त कार्यको घोर भत्र्सना गर्दै तुरुन्त रिहाइकोलागि जोडदार माग गरिन्छ । यदि हाम्रो उक्त मागलाई वेवास्ता गरी गिरफ्तार परेका नेता, कार्यकर्तालाई रिहाइ नगरेमा जनताद्वारा हुने प्रतिरोधबाट उत्पन्न परिस्थितिको जबाफदेही स्वयंम दलाल सरकारनै हुनेकुरा अवगत गराउदछौं ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ साउन ९ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :