क्रान्तिकारीका जिल्ला सदस्य गिरफ्तार

काठमाडौँ : अखिल (क्रान्तिकारी)का बाँके जिल्ला सचिवालय सदस्य तथा कोहलपुर नगर इकाई अध्यक्ष सुनिल वटालालाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई संगठनको कामको शिलशिलामा शनिबार गिरफ्तार गरिएको अखिल (क्रान्तिकारी) बाँकेले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट रहेको सो सङ्गठनले बटालालाई अपहरणशैलीमा बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै आफ्नो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष मदन चन्दले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त गिरफ्तारीको निन्दा गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन् –‘नेपालको शिक्षामा भएको निजिकरण, व्यापारीकरण, दलालीकरण र माफीयाकरणको पूर्णरुपमा अन्त्य गर्दै सार्वजनीक शिक्षालाई सबै जनताका छोरा–छोरीहरुको पहुँच र गुणस्तर वृद्धि गर्ने अभियानमा लागेका क्रान्तिकारी विद्यार्थी नेताको गिरफ्तारीले केपी सरकारको जनविरोधी तथा राष्ट्रघाति चरित्र उदाङ्गो भएको छ ।’

चन्दले वर्तमान शिक्षाको विकल्पमा वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको अभियानमा लाग्दै गर्दा गिरफ्तार भएका वटालालाई बिनासर्त यथासिघ्र रिहाई गर्न जोडदार माग गरेका छन्ं ।

२०७५ फागुन १८ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :