कोरोना प्रकोप, के हो कोरना भाईरस?

काठमाडौँ : नजिकैको छिमेकी चिनबाट सरेको कोरना भाईरसले आम मानिसमा त्रास उत्पन्न गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार उक्त कोरोनाभाइरस भाइरसको एउटा समूह हो जसले सामान्य रुघा लाग्ने देखि श्वासप्रश्वासमा गम्भीर समस्या ल्याउनसक्छ । जवानरबाट मानिसमा यस्तो भाइरस सर्न सक्छ । यो भाईरसको संक्रमण हुँदा मानिसमा श्वासप्रश्वासको समस्या देखिने गर्छ । यो सक्रमण भएपछि मानिसमा अनुसार ज्वरो आउने, खोकी लाग्ने, सास फेर्दा कठिनाई हुने र निमोनियाको संक्रमण हुनसक्छ । कोरोनाभाइरसको भ्याक्सीन अहिलेसम्म बनेको छैन । तर पनि यो भाईरसको संक्रमण भएको सुरुवाती चरणमा उपचार गर्नसकेमा निको हुने बताईएको छ ।

चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । त्यस्तै भाइरसबाट संक्रमित हुनेको संख्या १२ सय ८७ पुगेको छ । नयाँ वर्षको आगमन हुँदै गरेको चीनमा कोरोना भाइरसका कारण नयाँ बर्षका कार्यक्रमहरु प्रभावित भएकाछन् । चीनबाहेक अन्य १२ मुलुकमा कोरोना भाइरस देखिएको छ भने यो भाईरस युरोप र अमेरिका सम्म पनि फैलिन थालेको छ । चीनको उआन प्रान्तको समुन्द्री खाना पाउने बजारबाट उत्पन्न भएको भनिएको कोरोनाभाइरसले सँसारभर त्रास जन्माएको छ । चिनले उक्त भाईरस संक्रमितहरुको उपचारको गर्न एक हप्तामै भब्य अस्पताल बनाईरहेको छ । यता नेपालमा चीनबाट आएका एकजना विद्यार्थीमाथि यो भाईरसको संक्रमण देखिएपछि मानिसमा त्रास उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :