कैलाली र कञ्चनपुरमा पनि एनसेल बहिस्कार अभियान

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले ‘देशकालागि हाम्रो अभियान, नो ट्याक्स : नो एनसेल’ अभियान बुधबारदेखि कैलाली र कञ्चनपुर जिल्लामा पनि तिव्रताकासाथ व्यापक रुपमा सुरु गरेका छन् ।

अखिल (क्रान्तिकारी) कैलालीका सबै एरियाहरुमा ‘देशकालागि हाम्रो अभियान, नो ट्याक्स : नो एनसेल’ बहिस्कार अभियान सञ्चालन गरेको बताइएको छ । सँगसँगै जिल्लाभरीका सबै विद्यार्थीहरु एकैसाथ एनसेल सिमहरु टुक्रा पारी जलाएर अभियान अगाडि बढाएका छन् ।

अखिल (क्रान्तिकारी) कञ्चनपुरका अध्यक्ष नरेन्द्र भाटले भने, एनसेल कम्पनीले राज्यलाई कर नतिरेसम्म अभियान जारी हुनेछ । सरकारलाई एनसेल कम्पनीले तिनुपर्ने सबै रकम तिनुपर्नेमा जोडदिए र एनसेलका पोष्टर समेतमा आगो लगाएको बताए ।

२०७६ साउन २ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :