कैलालीबाट संघर्ष गिरफ्तार, रिहाइ नगरे कडा प्रतिरोध गर्ने नेकपाको चेतावनी (विज्ञप्तिसहित)

कैलाली : नेपाल कम्युनिस्ट पार्टीका कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्ले सोमबार विज्ञप्ति निकाली जिल्ला सदस्य रमेश थापा ‘संघर्ष’लाई बाटोमा हिडिरहेको अवस्थामा केपी–बादल गृह प्रशासनले मोटरसाइकलसहित गिरफ्तार गरी वेपत्ता बनाएकोप्रति घोर आपत्ति गर्दै तुरुन्त विनासर्त रिहाईको माग गरेका छन् ।

जिल्ला सेक्रेटरी प्रकाश मल्लले विज्ञप्तिमा भनेका छन्, ‘केपी प्रचण्ड सामाजिक दलाल सरकार दिनप्रतिदिन फासिवाद बन्दै गइरहेको छ । यता हाम्रो पार्टी राष्ट्रघात, जनघात, भ्रष्टाचार, ठगी, मानव तस्कर, मजदूर र किसानमारा सरकारविरुद्ध देशव्यापी प्रतिरोध संघर्षमा दृढताकासाथ अगाडि बढिरहेको छ । आम देशभक्त, परिवर्तनकारी जनसमुदायका बीचमा लोकप्रिय हुँदै गई आफ्नो असफलता, बदनामी संकट र जनविरोधी हर्कतलाई ढाकछोप गर्न नेपाली श्रमिक जनताको प्रतिनिधि हाम्रो गौरवशाली पार्टीमाथि प्रतिबन्ध घोषणा गर्दै चरम फासिवाद लाद्न पुगेको छ । यस फासिवादी कदमको सारा नेपाली जनताले विरोध गरिरहेका छन् । तर केपी–प्रचण्ड–बादल कम्पनीले दमन र प्रतिबन्ध हटाउनुको सट्टा हाम्रो पार्टीका नेता कार्यकर्तामाथि तिव्र धरपकड गिरफ्तार र झुठा मुद्दा लगाई अपराधी घोषणा गर्न पुगेको छ । यसै सन्दर्भमा हाम्रो पार्टीका कैलाली जिल्ला सदस्य कमरेड रमेश थापा ‘संघर्ष’ बाटोमा हिडिरहेको अवस्थामा मोटरसाइकलसहित गिरफ्तार गरी वेपत्ता गरेको छ । केपी ओली सरकारको यस फासिवादी, निरंकुश र दमनकारी कार्यको घोर गर्दै विनाकारण गिरफ्तार गरेको नेता कार्यकर्ताको निःसर्त रिहाई नगरिए पार्टी कडा प्रतिरोध गर्न बाध्य हुनेछ ।’

सेक्रेटरी मल्लले विज्ञप्तिमा भनेका छन्, ‘फासिवादी केपी–प्रचण्ड कम्पनीको गैर न्यायीक गिरफ्तारीको विरोध गर्न आम राजनैतिक पार्टी, बुद्धिजीवि मानव अधिकारवादी संघ संस्था, पत्रकार, वकिल, विद्यार्थी, किसान र मजदूर सबैलाई सहयोग गर्न हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ असार २३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :