कुमाल र भट्ट अदालतको आदेशमा रिहा लगत्तै पुनः गिरफ्तार


काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटेरी कपिल भट्टलाई सर्वाेच्च अदालतको आदेशमा रिह भएलगत्तै केपी–बादल गृह प्रशासनले पुनः गिरफ्तार गरेको छ । बिहिबार सर्वाेच्चको आदेशमा रिहा भएका नेताद्वयलाई कानूनको उपहास हुनेगरी सरकारबाट गिरफ्तार गरिएको आरोप उनीहरुका परिवारले लगाएका छन् ।

बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश ईश्वरीप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको ईजलासले कुमाल र भट्टलाई राजनीतिक आस्थाका अधारमा पक्राउ गरिएको भन्दै रिहा गर्न आदेश दिएको थियो

परिवारका एक सदस्यले आक्रोषित हुँदै भने, ‘न्यायलयको उपहास हो की, नाटक ? अब त शंका नै लाग्न थाल्यो, यो देशमा न्यायपालिका छोड भन्छ तर त्यसैको गेटबाट निर्दोष सावित मानिसहरु निरन्तर गिरफ्तार हुन्छन्, आखिर के हो यो ?’ परिवारका अनुसार, नेताद्वयलाई भदौ २६ गते राति नै उपत्यका बाहिर लगिएको खबर छ । तर, कहाँ लगिएको हो, प्रहरीले उनीहरुका परिवारलाई समेत थाहा दिएको छैन । पीडित परिवारले ‘नागरिक अधिकार हनन् गरि बेपत्ता पार्ने काम राज्यबाट भएको’ बताएका छन् ।

नेता योगेन्द्र कुमाल र  कपिल भट्टलाई यस अघि तनहुँ जिल्ला प्रशासन कार्यालयले धरौटी बुझाएर रिहा गर्न आदेश गरे लगत्तै प्रहरीले जिल्ला प्रशासन कार्यालय भित्रैबाट पुनः गिरफ्तार गरेको थियो । सरकार र गृह प्रशासनलाई नेताद्वय योगेन्द्र कुमाल र  कपिल भट्टको स्थिति अबिलम्ब सार्वजनिक गरी रिहा गर्न पनि परिवारजनले माग गरेका छन् ।

२०७६ भदौ २७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :