कास्कीमा नेकपाका २१ नेताकार्यकर्ता प्रहरी घेराबन्दीमा


 पाेखरा : कास्कीमा नेकपाका जिल्ला नेता कार्यकर्ता र विद्यार्थीहरुलाई प्रहरीले घेराबन्दी गरेको समाचार प्राप्त भएको छ । अहिले कास्कीको अन्नपूर्ण गाउँ पालिकाको वार्ड न ११ मा नेकपा कास्कीका जिल्ला सेक्रेटरी आक्रोस सहित २१ जनालाई प्रहरी घेराबन्दी गरिरहेको छ । सो पार्टी निकट अखिल (क्रान्तिकारी)को बैठक बस्दै गर्दा प्रहरीले बैठकस्थल घेराउ गरिरहेको नेकपा कास्कीका सेक्रेटरी आक्रोसले टेलीफोन मार्फत आफन्तजनहरुलाई जानकारी गराएका छन् । यो विवरण तयार पार्दा नेकपा कास्कीका सेक्रेटरी आक्रोस , विद्यार्थीका केन्द्रिय सदस्य मिलन राई, विद्यार्थी नेतृ आस्था नेपाली लगायत जिल्लाका नेताहरु घेराबन्दीमा परेकाे जनाईएको छ ।

२०७६ जेठ २५ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :