कासिम सुलेमानीको अन्तिम संस्कारमा भागदौड हुँदा ३५ को मृत्यु

काठमाडौं : इरानी सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्येष्टिका क्रममा भएको भागदौडमा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । उक्त अन्त्येष्टि सभामा एक्कासि भागदौड मच्चिएको थियो । उनको अन्त्येष्टिका लागि हजारौं इरानी भेला भएका थिए । उक्त भागदौडमा ४० जनाभन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ ।

गत साता अमेरीकाले इरानी सैन्य कमाण्डर सुलेमानीलाई ड्रोन आक्रमण गरेर इराकमा मारिदिएको थियो । उनको मृत्युले अमेरिका र इरानबीच युद्ध हुनसक्ने त्रास फैलिएको छ । सुलेमानी इरानमा सर्वोच्च नेता खामेनीभन्दा पछि दोस्रो दर्जाका शक्तिशाली व्यक्ति हुन् ।

याे पनि ..

 रक्तपिपासु अमेरिकी साम्राज्यवादको आपराधिक आक्रमण

 गतसाता इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीलाई अमेरिकाले इराकमा हत्या गरेपछि खाडी क्षेत्रमा नयाँखाले अस्थिरता, अशान्ति र भय उत्पन्न भएको छ । इरानी सेनाका विशिष्ट कमान्डर तथा त्यहाँका जनताले रुचाएका कुड्स फोर्सका कमान्डर सुलेमानीलाई हत्या गरेर साम्राज्यवादी अमेरिकाले आफ्नो असली रक्तपिपासु अनुहार प्रदर्शन गरेको छ ।

यसअघि सद्दाम हुसेन, ओसामा बिन लादेन, अल बग्दादीलगायतलाई हत्या गरेको अमेरिकाले अहिले अर्को देशको सैन्य दस्ताका कमान्डरलाई मार्नुले साँच्चै अमेरिका निरपेक्ष हिंसाको बाटोमै छ भन्ने विश्लेषण गरिएको छ । उक्त घटनालाई लिएर विश्व नै चिन्तामा परेको छ । साम्राज्यवादका पिछलग्गुबाहेक सबै देशका जनताले अमेरिकी साम्राज्यवाद र जग्गा दलाल राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेका छन् ।

सोमबार सुलेमानीको शवयात्रामा तेहरानमा सहभागी मानवसागर र इराकीले लगाएको अमेरिकाविरोधी नाराले पनि के कुरा बताउँछ भने सुलेमानी इरानका प्रभावशाली व्यक्ति थिए । इरानीहरू अमेरिकी साम्राज्यवाद र उसको रक्तपिपासु नीतिप्रति निकै आक्रोशित छन् र सुलेमानीको हत्याको बदला लिन चाहन्छन् । ट्रम्पले इरानका ५२ स्थानमा एकैसाथ हमला गर्ने चेतावनी दिएलगत्तै जबाफमा इरानले ट्रम्पको टाउकाको मूल्य पनि तोकेको छ । इरानका नवनियुक्त जनरल इस्माइल कानीले पनि आफ्नो प्रभावशाली सैन्य नेताको हत्याको बदला लिने उद्घोष गरेका छन् । साथै उनले इस्माइल कानीले अमेरिकालाई मध्यपूर्व (पश्चिमएसिया) बाट लखेटेरै छाड्ने बताएका छन् । इराक, अफगानिस्तान र सिरियामा अनाहक लाखाैँ मानिसको ज्यान लिएको उक्त अमेरिकी साम्राज्यवादी रबैयाका कारण अमेरिका र पश्चिमएसियाका लाखौँ मानिस समस्यामा पर्ने ठानिएको छ ।

यस्तै सुलेमानीकी छोरी जेइनपले अमेरिकालाई प्रत्यक्ष रूपमा आक्रमण गर्ने भन्दै सनसनीपूर्ण चेतावनी दिएकी छिन् । उनले भनिन्, ‘पश्चिमएसियामा रहेका अमेरिकी सिपाहीका परिवार आफ्ना सन्तानको मृत्युको पर्खाइमा समय बिताइरहनेछन् । अमेरिका र इजरायलका लागि अँध्यारो दिन आएको छ । पागल ट्रम्प, मेरो बुबाको सहादतसँगै सबै समाप्त भयो भनेर नसोच !’ यसअघि नै इरानले २०१५ को आणविक सम्झौताबाट अमेरिका पछि हटेको भन्दै अमेरिकासँग बदला लिने चेतावनी दिँदै आएको थियो ।

यता दोस्रो ठूलो महाशक्ति राष्ट्र चीनले इरानी सैन्य कमान्डरमाथिको आक्रमणप्रति विमति जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाको उक्त कदम अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यताविपरीत भएको बताएका छन् । प्रवक्ता जेङ सुआङले सोमबार वक्तव्य प्रकाशित गरी भनेका छन्, ‘चीन आफ्नो निष्पक्ष अडान कायम राख्दै मध्यपूर्वको शान्तिसुरक्षा खल्बलिन नदिन उचित कदम चाल्नेछ । सुआङले स्पष्ट शब्दमा अमेरिकाले हिंसात्मक कदम उठाएर अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता उल्लङ्घन गरेको बताएका छन् । पश्चिमएसियामा देखिएको नयाँ तनाव र अमेरिकाले देखाएको उक्त दादागिरीका विरुद्ध संसारभरिका मुक्तिकामी जनता एकजुट हुनुपर्ने समय आएको र विश्वक्रान्तिका लागि अनुकूल वातावरण बन्दै गएको विश्लेषण गर्न सकिन्छ ।

२०७६ पुष २२ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :