कालीकोटमा महामारी

काठमाडौं : कालीकोटको सदरमुकामस्थित खाँडाचत्र नगरपालिकामा देखिएको भाइरल ज्वरोले उपचार नपाउँदा महामारी फैसिएको छ । अहिलेसम्म कालीकोटमा ज्वरोको कारण ५ जनाको ज्यान गइसकेको छ । सदरमुकामै गाउँमा सिटामोल नपाएर मानिसहरु मृत्यूको सिकार बनिरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय औषधि छैन भनिरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटका अनुसार उक्त नपाको २ र ४ वडामा मात्रै ८ सय १४ भाइरल ज्वरोका बिरामी रहेका छन् । उनीहरुलाई ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, खोकी लाग्ने गरेको बताइएको छ । स्वाथ्य कार्यालयको रेकर्डअनुसार वडा नं ४ मा २ सय ७० र वडा नं ४ मा ५ सय ४४ जना भाइरल ज्वरोका बिरामी भेटिएका छन् । भाइरलबाट ५ सय ११ बालबालिका र ६० वर्ष बढीका २३ जना बृद्धबृद्धा बिरामी छन् । खाडाचक्र नगरपालिकाका दुई वडामा ३ बालबालिका सहित ५ को मृत्यु भइसकेको छ भने अझै केही अवस्था गम्भीर छ । तर अहिलेसम्म रोग नियन्त्रणमा आएको छैन । स्वास्थ्यकर्मी औषधि नभएको गुनासो गर्दैछन् । यता सरकार भने राज्यप्रमुखहरुलाई सपथ गराउन व्यस्त छन् ।

२०७४ माघ ७ गते बिहान ११ : ४८ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :