काबुलमा भएको हमलामा २४ जनाको मृत्यु

अम्बिका चन्द / काठमाडौं, साउन ९ : अफगानिस्तानको राजधानी काबुलमा भएको एक आत्मघाती कार बम हमलामा कम्तिमा २४ जनाको ज्यान गएको छ । हमलामा परि ४२ जना घाइते भएका छन् । घाइते मध्ये धेरैको अवस्था गम्भीर भएकोले मृत्यु हुनेको संख्या बढ्नसक्ने बताइएको छ । हमला राजधानी काबुल देखि पश्चिम भागमा खानी मन्त्रालयका कर्मचारी बोकेको यात्रुवाहक नजिकै भएको थियो । हमलाको जिम्मा विद्रोही समूह तालिवानले लिएको छ । यसअघि पनि काबुलमा स्लामिक स्टेट संलग्न रहेका कैयौं घातक आक्रमणहरु भएको र २०१७ जनवरी देखि जुन सम्म १६ सय भन्दा बढिको ज्यान गइसकेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :