काठ तस्करीमा संलग्न वनका पदाधिकारीलाई जनपरिषदद्वारा कारवाही गर्ने चेतावनी


कैलाली : थारुवान स्वायत्त प्रदेश अन्तरगत गौरीगंगा नगर जनपरिषद, कैलालीले वडा नं. ७ मा पर्ने सुनपाल सामुदायिक वनका अध्यक्ष डिल्लीराज जोशी काठ व्यवसायहरु दलाल राज्यका केही लुटेरा, भ्रष्टाचारी, तस्कर विभिन्न खाले माफिया र वन कर्मचारी लगायत गिरोहको मिलेमतोमा व्यापक रुपमा वन फडानी गरी अवैध रुपमा काठ तस्करी गरिएको समाचारप्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको जनाएको छ । गौरीगंगा नगर जनपरिषद प्रमुख रितिकले बुधबार प्रेस विज्ञप्ति निकाली सुनपाल सामुदायिक वनको काठ तस्करीमा संलग्न वनका पदाधिकारीसहित अन्य संरक्षक र मतियारहरुलाई राज्यले कारवाही गर्न अटेरी गरे गौरीगंगा नगर जनपरिषदले आफ्नो प्रशासनिक संयन्त्रको प्रयोग गरी दोसीउपर सक्त जनकारवाही गर्न बाध्य हुने बताएका छन् ।

जनपरिषद प्रमुख रितिकले विज्ञप्तिमा भनेका छन्, ‘कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. ७ मा पर्ने सुनपाल सामुदायिक वनका केही पदाधिकारीहरु मुख्यतः वनको अध्यक्ष डिल्लीराज जोशी काठ व्यवसायहरु दलाल राज्यका केही लुटेरा, भ्रष्टाचारी, तस्कर विभिन्न खाले माफिया र वन कर्मचारी लगायत गिरोहको मिलेमतोमा व्यापक रुपमा वन फडानी गरी अवैध रुपमा काठ तस्करी गरिएको समाचारप्रति हाम्रो गौरीगंगा नगर जनपरिषदको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ । चुरे र तराइको वन कटानी गरी मैदानी भुभागलाई गम्भीर असर पार्ने र मरुभुमिमा परिणत गराउने राज्य तथा वन कर्मचारीको कुनै पनि नीतिलाई हाम्रो जनपरिषदले खारेज गर्दै आएको जगजाहेरै छ ।’

प्रमुख रितिकले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी अन्तरगत जनपरिषदले भ्रष्टाचारी कमिसनखोर विभिन्न माफिया विरुद्ध जनकारवाही गर्दै आएको यहाँहरुलाई अवगतनै छ । अतः सुनपाल सामुदायिक वनको काठ तस्करीमा संलग्न वनका पदाधिकारीसहित अन्य संरक्षक र मतियारहरुलाई कारवाहीको दायरामा ल्याइयोस अन्यथा गौरीगंगा नगर जनपरिषदले आफ्नो प्रशासनिक संयन्त्रको प्रयोग गरी दोसीउपर सक्त जनकारवाही गर्न बाध्य हुनेछ । जुन वन माफियाहरुकोलागि निकैनै महंगो सावित हुनेछ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :