काठमाडौँमा सहिद तथा बेपत्ता योद्धा परिवारलाई सम्मान

 

काठमाडौँ :  नेपाल कम्युनिस्ट पार्टी काठमाडौँले सहिद तथा बेपत्ता योद्धाका परिवारलाई सम्मान तथा अभिनन्दन गरेको छ । शनिबार काठमाडौँमा सम्पन्न सम्मान कार्यक्रममा सहिद तथा बेपत्ता योद्धा परिवारका केन्द्रीय अध्यक्ष एकराज भण्डारी प्रमुख अतिथि थिए भने काठमाडौं जिल्ला सेक्रेटरी भृकुटी विशेष अतिथि थिइन ।

कार्यक्रममा १२ जना सहिद तथा बेपत्ता योद्धा परिवारलाई अभिनन्दन गरिएको थियो । कार्यक्रमका वक्ताहरुले विप्लवले नेतृत्व गरेको नेकपाले सहिद तथा बेपत्ता योद्धा परिवारले देखाएको बाटो नभुलेको भन्दै अब नेकपाले अगाडि सारेको एकीकृत जनक्रान्ति हुँदै वैज्ञानिक समाजवाद स्थापना भएपछि मात्र सहिदहरुका सपना र उदेश्य पुरा हुने विश्वास गरेका थिए ।

२०७५ फागुन १८ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :