काठमाडौँमा नेकपाको विरोधसभा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समितिले काठमाडौँमा विरोध कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको राप्ती ब्युरोस्तरीय बैठकबाट असोज ३० गते पार्टीका मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द वीरजङ्ग, केन्द्रीय सदस्य सुवाससहित २१ ज्नाको गिरफ्तारीविरुद्ध कात्तिक ९ गते विरोधसभा सम्पन्न गरिएको समाचार प्राप्त भएको छ ।

उक्त कार्यक्रममा मञ्चका केन्द्रीय सदस्यहरुले नारा जुलुसका साथ कार्यक्रम सम्पन्न भएको जानकारी दिएका छन् । पार्टीका नेता–कार्यकर्तालाई तत्काल बिनासर्त रिहा नगरिए अरू सशक्त सङ्घर्ष अघि बढाइने उनीहरुले बताएका छन् ।

जुलुसमा सहभागी भएका नेता–कार्यकर्ताहरूले पार्टीको झन्डा, सङ्गठनको झन्डा र ब्यानर बोकेका थिए । कार्यक्रममा सयौँ युवाको उपस्थिति रहेको समाचारमा जनाइएको छ ।

२०७६ कार्तिक १० गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :