कसले जित्ला पत्रकार महासंघमा

काठमाडौं / भदौ ५ : सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र निकट प्रेस युनियन र प्रेस सेन्टरबीचको गठबन्धनको एउटा पक्ष छ भने विपक्षमा एमाले समर्थित प्रेस चौतारीको पक्ष बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार सुरु २५ औं महाधिवेशन व्यावसायिक पत्रकारको नेतृत्व चयन हुँदैछ । कांग्रेस समर्थित पत्रकारहरूको संस्था नेपाल प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरको गठबन्धनले गोविन्द आचार्य नेतृत्वमा पक्ष बनाएको छ । महासंघका पूर्वउपाध्यक्ष आचार्य माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्यसमेत हुन् ।प्रेस चौतारी नेपालले थाहाखबर अनलाइनका सम्पादक तीर्थ कोइरालाको नेतृत्वमा पक्ष खडा गरेको छ । उनको समूहलाई संघीय प्रेस फोरम, मधेसी पत्रकार समाज र र नेपाल प्रेस सोसाइटीले समर्थन दिएको छ । यी संस्थाबीच पदाधिकारी तथा सदस्यको भागबन्डा गरिएर पक्ष बनेको हो । दुवै पक्ष राजनीतिक आड र आग्रहमा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । चुनावी मैदानमा कसले जित्ने हो । परिणाम भने हेर्न बाँकी नै छ ।

२०७४ भदौ ५ गते ११ : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :