करेन्ट लागेर दार्चुलामा एक जनाको मृत्यु, तीन घाइते


दार्चुला : करेन्ट लागेर दार्चुलामा २४ वर्षीय रमेश विष्टको मृत्यु भएको छ ।

दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा करेन्ट लागेर २४ वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नीरिक्षक हिक्मत बोहोराले जानकारी दिएका छन् । उनका अनुसार करेन्ट लागेर थप तीन जना घाइते भएका छन् । घाईते हुनेमा विश्वेश्वर विष्ट, जगदिश भट्ट र महेश विष्ट रहेको प्रहरीले जनाएको छ । उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

विद्युतको तार पोलबाट छुटेर नहरमा झरेको कारण पानी फर्काउन जाँदा त्यही तारबाट प्रवाह भएको विजुलीबाट करेन्ट लागेर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयले विद्युत प्राधिकरणको कमजोरीले दुर्घटना भएको आरोप लगाएका छन् ।

२०७६ असार २६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :