कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुँदा दुइ जनाको मृत्यु, पाँच घाइते


काठमाडौं : कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाको कोपवामा गएराति भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

जितपुरबाट कोपवातर्फ गएको लु३त ७२७२ नम्बरको ट्याक्टर कोपवा सडकखण्डमा अनियन्त्रित भई पल्टिएको थियो । ट्याक्टर चालक वाणगंगा नगरपालिका–१ उप्टहवाका ३५ वर्षीय रामु थारु र १५ वर्षीय रन्जित बोटे माझीको मृत्यु भएको छ भने वाणगंगा–१ का १७ वर्षीय जय ज्ञवाली र सोही ठाउँका १५ वर्षीय मनिस परियार गम्भीर घाइते भएका छन् ।

सामान्य घाइते ३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई थप उपचारका लागि बुटवल ल्याएको प्रहरीले जनाएको छ ।

२०७६ भदौ २९ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :