कञ्चनपुर र डोटीमा बम फेलापरे

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका ३ मा मतदानस्थलमा बम फेलापरेको छ । बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
उता डोटीका २ छुट्टाछुट्टै स्थानमा बम फेलापरेका छन् । बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
डोटीको आदर्श गाउँपालिका २ कुचेडा र सोही वडाको कानगडामा बम भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कुचेडामा भेटिएको प्रेसर कुकर बम शनिबार बिहान २ बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
त्यस्तै, आदर्श गाउँपालिका २ को कानेगडामा भेटिएको अर्को बम पनि नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जनाइएको छ ।
आदर्शनगर २ मा भइरहेको उपनिर्वाचनलाई लक्षित गरेर बम विस्फोट गराइएको हो । विस्फोट नेकपाले गराएको आशङ्का प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :