कञ्चनपुरबासीद्वारा सीमा नाकामै मोदीको पुत्ला दहन

भारतले तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी


काठमाडौँ : कञ्चनपुरबासीले महाकाली र भीमदत्त नगरपालिकास्थित सीमानाकामा ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै नेपालको भूभाग कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा प्रकाशित गरेको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएका छन् ।

जुलुससहित निस्किएका स्थानीयले भारतीय हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै सीमानाकामा प्रदर्शनसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् । आन्दोनरत विद्यार्थीहरुले भारतले तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिँदै नेपाल सरकारले कुटनीतिक पहलबाट समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

भारतीय साम्राज्यवादले आफ्नो देशको राजनीतिक नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभागलाई गाभेको विषयप्रति नेपालमा मात्र नभएर विश्वभर छरिएका नेपालीहरुले विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

२०७६ कार्तिक २२ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :