एसिसी पूर्वीक्षेत्रीय क्रिकेटको उपाधि नेपाललाई

काठमाडौं : एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ । थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको थियो । जवाफमा सिंगापुर ३१ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ११२ रनमा समेटिएपछि नेपाल च्याम्पियन बन्न सफल भयो । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ३५ ओभरमा ६ विकेट गुमाउँदै १८३ रनको योगफल तयार गरेको थियो ।

२०७४ पुस २ गते साँझ ५ : ५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :