एमसीसी पारित गरिए प्रतिरोध संघर्ष गर्ने नेकपाको चेतावनी

जनताको घरमा गई दुःख दिने राज्य आतंक बन्द गर : नेकपा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी डोटी जिल्ला संगठन समितिले सिमा अतिक्रमण र विदेशी हस्तक्षेपका विरुद्ध चुइक्कसम्म बोल्न नसक्ने र जनताको जनजिविकाको पक्षमा आन्दोलनरत पार्टीका नेता कर्यकर्ताको खोजीमा स्थानीय जनप्रतिनिधिको सुराकीको आधारमा जनताको घरघरमा गई जनतालाई त्रसित र भयभित पार्ने केपी–बादल गृह प्रशानको घोर भत्र्सना गर्दै एमसीसी सहयोगको नाममा नेपाललाई आफ्नो सेनाको परेड स्थल बनाउने अमेरिकाको षड्यन्त्रप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । जिल्ला इन्चार्ज तर्कराज र सेक्रेटरी कालू पाण्डेले शनिबार एक विज्ञप्ति निकाली स्थानीय गुण्डाराज चलाइरहेका गुण्डाहरुको भ्रममा परी पार्टीका नेता तथा कार्यकर्ताको घर घरमा गई झुठा मुद्दा बनाई पक्राउ पुर्जि जारी गर्ने र जनतालाई त्रसित पार्ने काम नरोकिए कडा संघर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।

जिल्ला इन्चार्ज तर्कराज र सेक्रेटरी पाण्डेले विज्ञप्तिमा भनेका छन्, ‘नेपालमा अहिले विदेशी हस्तक्षेप सिमा अतिक्रमण लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत नेपालको सिमानाको नक्सानै गायव हुने गरी भारतले नेपालको नक्सा सार्वजनिक गरेको छ । सिमा हराउँदा समेत बोल्न नसक्ने नपुंसक नेताहरुका कारण राष्ट्रघात, व्यापक भ्रष्टाचार, करछली, महंगी, कालोबजारी, तस्करी, हत्या, हिंसा, बलत्कार जस्ता जघन्य अपराध विरोधी ठुला ठुला आन्दोलन जनताले चलाइरहेका छन् । यी आन्दोलनको नेतृत्व सर्वहारा वर्गको अग्रदस्ता जनताको पार्टी नेपाल कम्युनिस्ट पार्टीले गरिरहेको कुरा सर्वविदितै छ । विदेशी हस्तक्षेप झन बढी झन् हुँदैछ । त्यसैको उपज हो एमसीसी जसले सहयोगको नाममा अमेरिकी सेनाले नेपाललाई आफ्नो परेड स्थल बनाउँदैछ । नेपालको जल, जंगल, जडीबुटी, युरेनियम लगायतका प्राकृतिक श्रोतहरुमाथि अमेरिकाले कब्जा जमाउनु हो । विदेशी हस्तक्षेपका विरुद्ध आन्दोलन गरिरहेको हाम्रो पार्टीलाई राज्यले प्रतिबन्ध लगाएको छ ।’

इन्चार्ज तर्कराज र सेक्रेटरी पाण्डेले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘आन्दोलनकै क्रममा डोटी जिल्लामा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता तथा जनतालाई त्रसित पार्ने काम राज्यबाट भइरहेको छ । उक्त प्रहरी हस्तक्षेपले जनता त्रसित छन् । सिमा अतिक्रमण पिल्लर सारिदा र विदेशी हस्तक्षेपका विरुद्ध चुइक्कसम्म बोल्न नसक्ने राज्य र प्रहरी प्रशासनले जनतालाई राष्ट्र राष्ट्रियता र जनताको जनजिविकाको पक्षमा आन्दोलनरत हाम्रो पार्टीका नेता कर्यकर्ताको खोजीमा स्थानिय जनप्रतिनिधिको सुराकीको आधारमा प्रहरी जनताको घरघरमा गई जनतालाई त्रसित र भयभित पार्ने काम गरिरहेको छ ।’

इन्चार्ज र सेक्रेटरीले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘स्थानीय गुण्डाराज चलाइरहेका गुण्डाहरुको भ्रममा परी हाम्रो पार्टीका नेता तथा कार्यकर्ताको घर घरमा गई झुठा मुद्दा बनाई पक्राउ पुर्जि जारी गर्नुलाई हाम्रो पार्टीले गम्भिरताकासाथ लिएको छ । साथै उक्त प्रहरी हस्तक्षेपको घोर भत्र्सना गर्दछ । उक्त मुद्दाहरु फिर्ता गर्न र जनतालाई त्रसित पार्ने काम नरोकिए यसको जिम्मा स्वंयम जनताका प्रतिनिधि हौं भन्नेहरु र प्रहरी प्रशासन हुनुपर्नेछ ।’ विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :