एनसेललाई देशबाटै लखेट्नुपर्छ : नेता पुन

 

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरण पुन ‘मिलन’ले दुरसञ्चार प्रदायक कम्पनी एनसेललाई नेपालबाटै लखेट्नुपर्ने बताएका छन् । नेकपाको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ अन्तर्गत रुकुमको त्रिवेणी गाउँपालिका १ रुघामा भएको जनसभालाई सम्बोधन गर्दै उनले एनसेलले राज्यलाई तिर्नुपर्ने अर्बाैको कर नतिरेको भन्दै उसलाई देशबाटै लखेट्नु पर्ने बताएका हुन् ।

निगम पुँजीवादी भएको भन्दै पुनले भने ‘एनसेल बिदेशी कम्पनी हो, अरबौँ पैसा राजस्व नतिरेर नेपाली जनतालाई लुटिरहेको छ ।’ सरकारी स्वामित्वको नेपाल टेलिकमलाई डुबाएर एनसेल चम्कीएको बताउदै पुनले नेपाल टेलिकमलाई नै व्यवस्थित बनाउनुपर्ने विचार ब्यक्त गरेका छन् । उनले भने–‘केहि दलाल नेताहरुले एनसेलको पक्षपोषण गरिरहेका छन, उनिहरुले एनसेलबाट कमिसन खाएर बचाउ गरिरहेका छन् ।’ अदालतले फैसला गरेको कानुनलाई सरकारले कार्यान्वयन नगरेको भन्दै उनले सरकार भित्र ठुलो कमिसनको खेल भएको बताएका छन् । जनसभालाई नेकपाका केन्द्रीय सदस्य तथा रुकुम जिल्ला इन्चार्ज अटलले पनि सम्बोधन गरेका थिए । त्रिवेणी गाउँ समिति सेक्रेटरी छविलाल घर्तिले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता रुकुमका पुराना वामपन्थी नेता बाल कृष्णले गरेका थिए । कार्यक्रममा जलजला साँस्कृतिक परिवारले कार्यक्रम प्रस्तुत गरेको थियो ।

यसैबिच नेकपाले रुकुममा सङ्गठन विस्तार अभियानलाई पनि तिव्रता दिएको छ । अभियानका क्रममा त्रिवेणी गाउँपालिका १ मा रमेश मल्लको अध्यक्षतामा ७ सदस्यीय वडा स्तरीय युवा सङ्गठन निर्माण भएको छ । यस्तै सानो भेरी गाउँपालिकाको ८ नम्वर वडामा टिकाराम ओलीको सेक्रेटरीमा ९ सदस्य वडा समिति गठन भएको छ भने विजय विकको संयोजकत्वमा ७ सदस्यीय युवा सङ्गठन, पन्चाराम डिसीको संयोजकत्वमा ५ सदस्यीय किसान समिति पनि बनाएको नेकपाले जनाएको छ । यस्तै भिमी विकको संयोजकत्वमा ५ सदस्यीय महिलाको इकार्इ समिती र कर्णबिर विकको संयोजकत्वमा ५ सदस्यीय दलितको इकाइ समिति पनि गठन भएको नेकपा रुकुमले जनाएको छ ।

२०७५ फागुन २० गते साेमबार प्रकाशित

 

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :