एनसेलको करछलीविरुद्ध क्रान्तिकारीको प्रदर्शन

काठमाडाैँ : एनसेलको ७२ अर्ब करछलीविरुद्ध अखिल (क्रान्तिकारी) ले काठमाठौँमा विरोध प्रदर्शनपछि सभा गरेको छ । सभालाई अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव प्रकाश शाही र युवा सब्गठनका अनुप शर्माले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन लोकेन्द्र बिष्टले गरेका थिए । क्रान्तिकारीको उपत्यका, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र सीटीईभीटीको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको थियो । सुन्धाराबाट सुरु भएको विरोधजुलुस टँुडिखेल परिक्रमापछि टँुडिखेलमै बसेर सभामा परिणत भएको थियो । यसअघि बसेको अखिल (क्रान्तिकारी)को केन्द्रीय समिति बैठकले देश र जनतालाई ७२ अर्ब करछली गर्ने एनसेलविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको हो । क्रान्तिकारीको निर्णयअनुसार माघ १७ गते मेची क्षेत्रीय समन्वय समिति, राप्ती क्षेत्रीय समन्वय समिति, जनकपुर क्षेत्रीय समन्वय समिति र लुम्बिनी क्षेत्रीय समन्वय समितिले विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । माघ १८ गते महाकाली क्षेत्रीय समन्वय समिति, पश्चिमताम्सालिब क्षेत्रीय समन्वय समिति र गण्डक क्षेत्रीय समन्वय समितिले विरोध प्रदर्शन गर्ने कार्यक्रम छ भने माघ २१ गते पूर्वी ताम्सालिब क्षेत्रीय समन्वय समिति, सेती क्षेत्रीय समन्वय समिति र धौलागिरि क्षेत्रीय समन्वय समितिले विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । यस्तै माघ २३ गते भेरी क्षेत्रीय समन्वय समिति, सगरमाथा क्षेत्रीय समन्वय समिति, नारायणी क्षेत्रीय समन्वय समिति, कर्णाली क्षेत्रीय समन्वय समितिलगायतले विरोध प्रदर्शन गर्ने जानकारी अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकालले दिए ।

२०७५ माघ १५ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :