एघार विद्यार्थी संगठनद्वारा नेकपामाथिको प्रतिबन्ध हटाउन माग

काठमाडौँ : नेवि संघलगायत ११ विद्यार्थी संगठनले नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध तुरुन्त हटाउन माग गरेका छन् । यस प्रतिबन्धको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनले यसको समाधान राजनीतिक तवरबाट खोज्न सरकारलाई सुझाएका छन् ।

शनिबार अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले विज्ञप्ति जारी गरी सरकारको यस कदमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सरकारलाई द्वन्द्वको बाटोमा नजान पनि विद्यार्थीहरुले आग्रह गरेका छन् ।

विज्ञप्तिमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी(गोपाल किराँती), अनेरास्ववियु पाचौं, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरम नेपाल, अखिल नेपाल विद्यार्थी युनियन, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, राष्ट्रवादी विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी संघका नेताहरू थिए ।

विज्ञप्तिमा ऋषिकेशजंग शाह, आलोक रायमाझी, घनश्याम मिश्र, श्यामबाबु गौतम, चिरञ्जीवी ढकाल, विवेक राई, हरिकृष्ण गजुरेल, प्रवीण मिश्र, दुजाङ शेर्पा, ताराप्रसाद अर्याल र चिरञ्जीवी यादवको हस्ताक्षर छ ।

२०७५ चैत ३ गते  आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :