एकीकृत जनक्रान्ति

कविता

क्रान्तिकारीहरू अघि बढ्दैछन्
जनक्रान्तिको दिशामा गोलबन्द हुँदैछन् ।

परिवर्तकारीहरूको अग्रदस्ता हो
एकीकृत जनक्रान्ति
सहिदहरूको सपना पूरा गर्ने हतियार हो
एकीकृत जनक्रान्ति
बेपत्ता योद्धा र घाइते–अपाङ्गहरूको लक्ष्य हो
एकीकृत जनक्रान्ति
यो हो राष्ट्रिय मुक्तियुद्ध
यो हो राष्ट्रिय स्थाधीनता रक्षा गर्ने माध्यम
मालेमावादको मार्गदर्शन ।
नेपाली विशेषताको वैज्ञानिक आयाम हो
एकीकृत जनक्रान्ति
विश्वसर्वहारावर्गको नयाँ बाटो हो यो
क्रान्ति अघि बढ्दैछ
एकीकृत जनक्रान्तिको दिशामा
गोलबद्ध हुँदैछन् क्रान्तिकारीहरू
एउटै रातो झन्डामुनि ।

२०७६ असार २३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :