एकीकृत जनक्रान्तिको पक्षमा मलेसियाका युवाहरु सङ्गठीत

मलेसिया : २०औँ शताब्दी सुरुवातदेखि यता विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्दै गएको बेला नेपालमा विप्लव नेतृत्वको नेकपाले क्रान्तिको नयाँ कार्यदिशा तय गरेर विश्ब कम्युनिस्ट आन्दोलनमा एउटा उत्साह थपेको छ । नेपालमा अपुरो क्रान्तिलाई नयाँ ढङ्गले अघि बढाइरहेकोे सन्दर्भमा नेपालमा भ्रष्टाचारी, दलाल पुँजीवादी र राष्ट्रघातका विरुद्ध गरिएको संघर्षको पक्षमा देश र बिदेशमा रहेका न्यायप्रेमी क्रान्तिकारीहरु सङ्गठीत भइरहेका छन् । नेपाल कम्युनिस्ट पार्टीप्रति विदेशमा रहेका युवाको झुकाव बढिरहेको छ  ।

यसैबीच मलेसियामा नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चा मलेशियाले सङ्गठन विस्तार कार्यलाई अघि बढाइरहेको छ । मलेशियाको राजधानी क्वालालाम्पुरमा सम्पन्न एक भेलाले हुकुम केसीको नेतृत्वमा ११ सदस्यीय क्वालालाम्पुर क्षेत्रीय समिति निर्माण गरेको छ । जसको उपाध्यक्ष कमल थापा, महासचिव नारायण खत्री, कोषाध्यक्ष श्यामबहादुर लामा रहेका छन् भने सदस्यहरुमा सन्जय कुमार महत्तो, बिनय राम पुरी, चन्द्र थापामगर, कृष्ण श्रेष्ठ, भोला उप्रेती, सिजल तमु, बैँसबहादुर चौधरी लगायतका रहेका छन् । माघ १९ गते भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका मलेशिया संयोजक महेश ओली प्रमुख अतिथि थिए भने विशेष अतिथि जनप्रगतिशिल मोर्चाका अध्यक्ष विजय लामा, उपाध्यक्ष तुफान र महासचिव सन्दिप थिए ।

मोर्चाका अध्यक्ष बिजय लामाले मजदुरहरुको समस्या समाधानको निम्ति युवाहरु सङ्गठीत र एकताबद्ध हुन आवश्यक रहेको कुरामा जोड दिए । कार्यक्रममा प्रमुख अतिथि पार्टी संयोजक महेशले नेपाली क्रान्तिका निम्ति सम्पुर्ण प्रगतिशील वामपन्थी युवाहरू यसरी एक जुट हुन आवश्यक रहेको बताए । सङ्गठीतका महासचिव सन्दिपले नेपाली समाज वैज्ञानिक समाजवादको धरातल प्रवेश गरिसकेको एकीकृत जनक्रान्तिलाई सफल बनाउन सवै एकजुट हुनुपर्ने बताए । यस अघि मलेसियाको पेनाङ र जोहोरमा पनि क्षेत्रीय समितिहरु निर्माण भैसकेका छन ।

२०७५ फागुन २० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :