एकसाथ हजार सात रोबोट नचायो चीनले

एजेन्सीः चीनले नयाँ वल्र्ड रेकर्ड राखेको छ । संसारभर ब्राजिलमा जारी गृष्मकालिन ओलम्पिकको चर्चा भइराखेका बेला चीनको यो रेकर्डको समेत चर्चा सुरु भएको छ ।

चीनमा आयोजित ‘कुइंगडाओ बियेर फेस्टिवल’मा एकसाथ हजार सात रोबोट नचाएर चीनले वल्र्ड रेकर्ड बनाएको हो । ‘क्यूआरसी’ नाम दिइएका सबै रोबोटको उचाई ४३.८ सेन्टिमिटर थियो भने सबै रोबोटलाई एउटै मोबाइलले नियन्त्रण गरिएको थियो।

उक्त फेस्टिवलमा नचाइएका रोबोटमध्ये केही रोबोट प्राविधिक कारणले पूरा एक मिनेट नाच्न सकेनन् ।  तर, चीनले पुरानो आफ्नै रेकर्ड तोड्दै नयाँ वल्र्ड रेकर्ड बनाउन सफल भएको छ ।

आफ्नो उत्पादनको प्रचार प्रसारका लागि चिनियाँ कम्पनी एभर विनले कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा, अफिसीएलका रुपमा ‘गिनिज बुक अफ वोर्ल्ड रेकर्ड’का तर्फबाट एन्जेला ऊ ले नयाँ रेकर्ड कायम गरेको प्रमाणित गरेकी थिइन् ।

यस अघि, पाँच सय ४० रोबोट नचाएर यस्तो रेकर्ड चिनियाँ कम्पनी ‘युविटेक रोबोटिक्स  कोर्प’को नाममा थियो  ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :