उपत्यकाका सबै क्याम्पसहरुमा क्रान्तिकारीको मागपत्र

काठमाडौँ :अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयले फागुन १६ गतेका लागी घोषणा गरेको स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा सहभागी हुने वातावरण बनाउन भन्दै मागपत्र बुझाएको छ । त्रिविका उपकुलपतिलाई मंगलबार दुईबुँदे मागपत्र बुझाएको अखिल (क्रान्तिकारी)ले काठमाडौँ सबै ठूला क्याम्पसहरुमा मागपत्र बुझाएको छ । विद्रोही नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को उपत्यका क्षेत्रीय समन्वय समिति अन्र्तगत क्याम्पस जिल्ला समिति काठमाडौँले चावहिलस्थित पशुपति, सोह्रेखुट्टेको अस्कल, सरस्वती क्याम्पससहित पब्लिक युथ, शंकरदेव, ताहाचाल, मानविकी क्याम्पस आरआरमा दुईबुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

क्याम्पस जिल्ला समिति काठमाडौँकी अध्यक्ष तारा सञ्ज्यालका अनुसार ताहाचल क्याम्पस, नेपाल ल क्याम्पस, थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसमा ज्ञापनपत्र बुझाउँदै क्रान्तिकारीले स्ववियु चुनावमा भाग लिने वातावरण बनाउन माग गरेको छ । ज्ञापनपत्रमा आफ्नो संगठनमाथि सरकारले अघोषितरुपमा प्रतिबन्ध लगाएको अवस्थामा गरिने स्ववियु चुनावको औचित्य नहुने अखिल (क्रान्तिकारी)ले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

ज्ञापनपत्र बुझ्दै ती क्याम्पस प्रमुखहरुले अखिल (क्रान्तिकारी)लाई चुनावमा भाग लिन आग्रह गर्दै आवश्यक वातावरणको लागि आफूहरुले त्रिविमार्फत पहल गर्ने प्रतिबद्धता जाहेर गरेको अखिल(क्रान्तिकारी)ले जनाएको छ । साथै (क्रान्तिकारी) आफ्नो संगठनले अगाडि सारेका माग पूरा नगरी त्रिवि जबरजस्ती अगाडि बढे स्ववियु चुनाव बिथोल्ने अखिल (क्रान्तिकारी¬)ले चेतावनी समेत दिएको छ । त्यसैगरी अखिल क्रान्तिकारीका भक्तपुर र ललितपुर जिल्ला समितिले पनि त्रिविका आंगिक क्याम्पसहरुमा सोही ब्यहोराको ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :