उद्योग वाणिज्य महासङ्घको राष्ट्रिय सम्मेलन

  
चितवन : उद्योग वाणिज्य महासङ्घ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको छ । सम्मेलनले श्रीकृष्ण बस्नेतको नेतृत्वमा ३१ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । नेकपाका पोलिटब्युरो सदस्य तथा जनवर्गीय सङ्गठनका इन्चार्ज मोहन कार्की ‘जीवन्त’ र चितवन इन्चार्ज लालबहादुर बीसीको उपस्थितिमा उक्त सम्मेलन सम्पन्न भएको हो ।

मङ्गलबार सम्पन्न सम्मेलनका वक्ताहरूले अब हुने क्रान्तिमा उद्योग वाणिज्य महासङ्घको भूमिका महत्वपूर्ण रहने बताउँदै नवनिर्वाचित प्रतिनिधिलाई बधाई तथा शुभकामना दिएका छन् ।

 

२०७५ माघ १५ गते मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :