उत्तर कोरियाद्वारा फेरी मिसाइल प्रक्षेपण


काठमाडौं : बैशाख २१ गते उत्तर कोरियाले मिलाइल प्रक्षेपण फेरी सुरु गरेको छ । अमेरिकासँग शिखर वार्तासँगै स्थगित भएको मिलाइस कार्यक्रमलाई उत्तर कोरियाले पुनः सुरु गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनाममा भएको शिखर वार्ता असफल भएसँगै कोरियाले मिसाइल कार्यक्रम पुनः सुरु गर्न सक्ने विश्लेषण गरिएको थियो ।

दक्षिण कोरियाको समाचार संस्था ‘योनहाप’ले उत्तर कोरियाले होदो क्षेत्रमा छोटो दूरीको मिसाइल प्रक्षेपण गरेको जनाएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ९ बजेतिर भएको मिसाइल प्रक्षेपणकाबारेमा दक्षिण कोरिया र अमेरिकाका अधिकारीले विश्लेषण गरिरहेका छन् ।

उत्तर कोरियाका नेता किमजोङ उनले रुसको भ्रमण सकेर रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँग पनि वार्ता भएको थियो । त्यसलगत्तै उत्तर कोरियाले फेरी मिसाइल प्रक्षेपण गरेको हो । अमेरिकाले चाहेमा तेस्रो शिखर वार्ताकोलागि तयार रहेको नेता किमले बताएका थिए । उनले ट्रम्प पुरानो अडानबाट पछि हट्नुपर्ने बताएका थिए ।

२०७६ वैशाख २१ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :