उतर कोरियाको मिसाइल प्रक्षेपन

अमेरिकी साम्राज्यवादको कोरियाली क्रान्ति विरोधी हस्तक्षेप रोक्ने अरु उपाय नै नरहेको किमको धारणा छ ।

उत्तर कोरियाले अमेरिका र जापानको व्यापक विरोधका बावजुत ‘ह्वाङ्सोङ–१० ’ नामक रणनीतिक महत्वको मध्यम दुरीको ब्यालेष्टिक मिसाइल प्रक्षेपन गरेको छ । सो परिक्षणको प्रत्यक्ष नेतृत्व नेता किम जोन उनले गरेका छन् । सो मिसाइल उच्च किसिमको प्रज्ज्वलनशील प्रणालीयुक्त मिसाइल हो ।

जसको मारक क्षमता ४ हजार किलोमिटरदेखि १४१३.६ किमीसम्म रहेको दाबी उत्तर कोरियाली सुत्रहरुको छ । कोरियालीहरुले सो मिसाइल नयाँ विशेषतासहितको मौलिक आविष्कार भएको बताएका छन् । जुन ताप अवरोधकसमेत रहेको बताइएको छ । सफल परिक्षण सञ्चारकर्मीमाझ किमले भने “यो खुशीयालीले हामीलाई विजयसम्म पु¥याउने छ । हाम्रो जनमुक्ति सेना आशावादी रहेको छ । त्यो क्षण प्रजातान्त्रिक गणतन्त्र कोरियाका लागि महान् क्षण थियो । यो परिक्षण हाम्रा शत्रु र संसारभरिका राक्षसहरुका लागि चुनौति हो । अब हामी विश्वको जुनसुकै कुनामा आक्रमण गर्द सक्छौं” उनले रकेटको आगो हेर्दै भनेका थिए । अमेरिका, दक्षिण कोरिया र जापानसहितका दुश्मनको चुनौतिबाट देशको प्रतिरक्षा गर्ने किम इलको दाबी छ । आत्मनिर्भर बन्नका लागि परमाणु प्रतिरक्षा प्रणालीमा विकास गर्नैपर्ने उनीहरुको दाबी छ । आणविक शक्तिमा विकास नगरी शत्रुको सामना गर्न नसकिने अधिकारीहरुको धारणा रहेको छ । download (4)

जनसेनाका सर्वोच्च नेता सैन्य आयोगका प्रमुख समेत रहेका किमले सुरक्षाका वैज्ञानिक (सेनाको टोली) सँग सामूहिक फोटो लिंदै सो आविष्कारका लागि सबैलाई बधाई दिएका थिए । सो परिक्षणपछि उत्तरकोरिया र अमेरिकाको सम्बन्धमा थप चिसोपन बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :