आठ बुंदे निर्णय गर्दै अखिल (क्रान्तिकारी) सेती–महाकाली ब्युरोको वैठक सम्पन्न


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समितिले सिमानामा हुने भारतीय हस्तक्षेपका विरुद्धमा र राष्ट्रियताकालागि निरन्तर संघर्ष गर्ने निर्णय गरेको छ । क्षेत्रीय समन्वय समितिको हालै सम्पन्न भएको बैठकले गरेका निर्णयहरु ब्युरो संयोजक विरेन्द्र शाहले बिहीबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।

संगठनले कम्युनिस्ट विद्यार्थी अभियान–२, ९वटै जिल्लाहरूमा मंसिर मसान्तसम्म संचालन गरिने, शैक्षिक विकृति विसङ्गतिहरुको भन्डाफोर गर्दै सङ्गठनलाई सुदृढ र विस्तार गरिने, संयुक्त विद्यार्थी आन्दोलनको निर्माणका लागि अन्य विद्यार्थी सङ्गठनसँग सहकार्य गर्ने, सु.प. विश्वविद्यालयमा रहेका शैक्षिक र प्रशासनिक समस्याहरुका लागि संघर्ष गरिने, निजि शैक्षिक संस्थाको मनपरी शुल्क असुली, सरकारी विद्यालयमा लगाईएको शुल्क, सिटिईभिटीका शैक्षिक संस्थाहरुमा नियम विपरीत लिईने शुल्कका विरुद्धमा संघर्ष र कार्वाही गरिने, सरकारी विद्यालयहरुमा चलिरहेका प्राविधिक कार्यक्रमहरुमा लिईदै आएको चर्को शुल्कका विरुद्धमा संघर्ष गरिने, यातायातमा विद्यार्थीहरुले भाडादरमा पाउने ४५ प्रतिशत छुट कार्यन्वयनका लागि पहल र संघर्ष निरन्तर जारी रहने, सरकारद्वारा विद्यार्थी सङ्गठनका नेताकार्यकर्तामाथि भइरहेको दमन, धरपकड, झुठो मुद्दामा फसाउने षड्यन्त्रको व्यापक भण्डाफोर गर्दै संघर्ष संचालन गरिने लगायतका निर्णयहरु शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिको पूर्णपाठ….

२०७६ मंसिर ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :