आईएसद्वारा विवाह समारोहमा आत्मघाती बम आक्रमण, ६३ जनाको मृत्यु

 तस्विर : एएफपी

काबुल : सामाजिक सञ्जाल टेलिग्राममार्फत विज्ञप्ति जारी गरी अफगानिस्ताको राजधानी काबुलमा ६३ जनाको ज्यान जानेगरी विवाह समारोहमा आत्मघाती बम आक्रमणको जिम्मा इस्लामिक स्टेट (आईएस)ले लिएको छ ।

यसअघि अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिवानले आक्रमणमा आफ्नो संलग्नता नरहेको बताउँदै आक्रमणको निन्दा गरेको थियो ।

सन् २०१४ मा अफगानिस्तानमा इस्लामिक स्टेटले आफ्नो गतिविधि शुरु गरेको थियो । इस्लामिक स्टेटले हाल अफगानिस्तानमा अन्तर्राष्ट्रिय सुरक्षा फौज, अफगान सेना र तालिवानविरुद्ध युद्ध लडिरहेको छ ।

२०७६ भदौ १ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :