अस्पतालबाटै घाइतेको अपहरण


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति तनहुँले भदौ २१ गते बेलुका पार्टी तनहुँ जिल्लाका सदस्य विलास परियार दुलेगौँडामा स्कुटर दुर्घटनामा परी पोखराको मणिपाल अस्पतालमा उपचार गर्दागर्दै करिब एक साता उपचार गराउनु पर्ने डाक्टरको सल्लाहलाई लत्याउँदै अस्पतालको शैयाबाटै जबरजस्ती गिरफ्तार गरेर २०७६ भदौ २२ गते बेलुका तनहुँ प्रहरीले दमौली हिरासतमा लगेको घटनाको घोर आपत्ति र भत्र्सना गरेको छ ।

इन्चार्ज पूर्णजित पुन र सेक्रेटरी आनन्दले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राष्ट्रघाती, दलाल, फासिवादी सरकारले विगतका बर्बर निरङ्कुश दमनलाई बिर्साउने गरी हाम्रो पार्टीमाथि प्रतिबन्ध, दमन, गिरफ्तारी र हत्या गर्दासम्म पनि हाम्रो पार्टी देश र जनताप्रति जिम्मेवारीपूर्वक शान्तिपूर्ण राजनीतिक अभियानमा सक्रिय रहेको कुरा सर्वविदितै छ । तर पूर्ण रूपमा असफल र सङ्कटग्रस्त केपी–प्रचण्ड–बादलमण्डलीको कथित कम्युनिस्ट सरकारले अग्रगामी र क्रान्तिकारी शक्तिलाई निषेध गरेर आफ्नो लुटको स्वर्ग टिकाउने दिावसपनाका साथ राज्यआतङ्कलाई तीव्र पारेको छ ।’

विज्ञप्तिको अगाडि भनिएको छ, ‘उपचार पनि गर्न नदिने, सामान्य मानवीयता पनि नराख्ने कस्तो कानुन हो ? कस्तो प्रशासन हो ? युद्धकै आधारभूत नियममा पनि शत्रुको उपचार गर्नु पर्दछ तर हाम्रो पार्टी र हाम्रा नेता–कार्यकर्ता पक्कै पनि यो मुलुकका शत्रु होइनन् । प्रहरी प्रशासनको यस्तो घोर अमानवीयता, क्रूरता र बर्बरतालाई तुरुन्त रोक्न हाम्रो पार्टी गम्भीरतापूर्वक चेतावनी दिन चाहन्छ ।’

विज्ञप्तिमा स्कुटर दुर्घटनामा परी घाइते भएका विलासलाई तुरुन्त रिहा र उपचार गर्न आग्रह गरिएको छ । अन्यथा पार्टी आवश्यक कदम उठाउन बाध्य हुने र त्यसको सम्पूर्ण जिम्मा सम्बन्धित पक्षले लिनु पर्ने चेतावनी विज्ञप्तिमा दिइएको छ । विज्ञप्तिमा यस्ता राज्यआतङ्क, अमानवीय हर्कत मानवअधिकार र लोकतन्त्रविरुद्ध भएकाले सम्पूर्ण राजनीतिक पार्टीहरू, नागरिक समाज, मानवअधिकारकर्मी लगायत तमाम न्यायप्रेमी शक्तिहरू आआफ्नो ठाउँबाट बोल्न र फासिवादी रबैयाको भण्डाफोर तथा प्रतिरोध गर्न अनुरोध गरिएको छ । विज्ञप्तिको पूर्णपाठ…

२०७६ भदौ २५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :