अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ घाइते


काठमाडौं : अर्घाखाँचीको सन्धीखर्क–६ मा साेमबार भएको जीप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । कृष्णनगरबाट सन्धीखर्कतर्फ जाँदै गरेको लु १ ज ४३२९ नम्बरको जीप दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् । जीप सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जीप चालकले ब्रेक फेल हुँदा घटना भएको बताएको भएपनि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

२०७६ असोज २१ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :