अर्को दक्षिणपंथी पार्टी आवश्यक छैन – नेपाल कम्युनिस्ट पार्टी

अम्बिका चन्द / काठमाडौं, साउन ९ : नेपाल कम्युनिस्ट पार्टीका एकजना राजनीति समिति (पिबी) सदस्यले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र नामको पार्टी आवश्यक नै नभएको भन्दै त्यसको विघटन हुन पर्ने बताएका छन् । अहिले दक्षिणपंथी धारको नेतृत्व एमालेले गरिरहेको बेला अर्को दक्षिणपंथी पार्टीको आवश्यकता नै नभएको उनको भनाई छ । माओवादी केन्द्रले पार्टी एकताको लागि विप्लव, वैद्य लगायतका सबै कम्युनिस्ट घटकहरुलाई आह्वान गरेको बेला ती नेताको यस्तो प्रतिक्रिया आएको हो । ई–रातोखबरसँग कुरा गर्दै ति नेताले प्रचण्डको पार्टी रुपान्तरण हुने अलिकति पनि संभावना नरहेकोले सो पार्टी विघटन भए मात्र माकेभित्र रहेका केही इमान्दारहरुसँग क्रान्तिकारी ध्रुवीकरणको लागि छलफल गर्न सकिने उनले बताए । नेकपा श्रोतका अनुसार माकेले गरेको पार्टी एकताको आह्वानको विषयका नेकपाले संस्थागत छलफल गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :