अमेरिकको टेक्सासमा गोली चल्दा २० जनाको मृत्यु, २६ घाइते

काठमाडौं : अमेरिकाको टेक्सासस्थित इआई पासोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ । २६ जना घाइते भएका छन् ।
सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा घटना भएको हो । एल पासो शहरमा भएको गोलीकाण्डमा अन्य २६ जना घाइते भएका छन् । बीबीसीका अनुसार टेक्सासका गभर्नर ग्रेग एबोटले राज्यको इतिहासमा यो घटना अहिलेसम्मकै भयानक रहेको बताएका छन् । उनले घटना पुष्टि गर्दै हाल सुरक्षा व्यवस्था कडा पारिएको बताएका छन् ।

आक्रमणमा ज्यान गुमाउनेहरूको पहिचान भएको छैन । यद्यपि, मेक्सिकोका राष्ट्रपति म्यानुअल लोपेज ओबराडोरले घटनामा आफ्ना ३ नागरिकको ज्यान गएको बताएका छन् । रोयटर्सले जनाएअनुसार उनले ६ नागरिक गोली प्रहारबाट घाइते भएको जनाएका छन् ।

स्थानीय समय अनुसार शनिबार बिहान १० बजे घटना भएको प्रहरीले जनाएका छन् । आरोपितलाई पक्राउ गर्नकालागि प्रहरी अधिकारीले गोली नचलाएको स्थानीय प्रहरी प्रवक्ता रोबर्ट गोमेजले बताएका छन् ।

घटनामा संलग्नको आशंकामा प्रहरीले २१ वर्षीय युवक प्याटरिक क्रुसिअसलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धानका क्रममा उनी दल्लासका भएको खुलेको छ ।

२०७६ साउन १९ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :