अभियानले पारेको प्रभाव

आज नेपाली जनमस्तिष्कमा एउटा सुपरिचित शब्द हो ‘अभियान !’ झ्वाट्ट सुन्दा सामान्य लागे पनि यो शब्दलाई गहिराइमा गएर अथ्र्याउने हो भने यसले निकै गहन अर्थ राख्छ । खास गरेर नेपालमा सामान्य जनताको तहमा जनस्तरबाट राख्ने बुझाइमा खासै चासो र अर्थको विषय मानिँदैन । तर त्योभन्दा अलि माथि गएर राजनीतिक पार्टीहरूको वृत्तमा गएर हेर्दा यसको अर्थ अलि जोडतोडले लाग्छ । विशेषतः त्यसमा पनि कम्युनिस्ट विचारधारा मान्ने राजनीतिक पार्टीहरू र गैरकम्युनिस्ट तथा कथित लोकतान्त्रिक भनिने पार्टीहरूको माझमा यसको अर्थ नितान्त भिन्न छ । यो लेखमा सबै प्रकारका विचारधाराबाट निर्देशित राजनीतिक पार्टीहरूले सञ्चालन गर्ने अभियानको अर्थ र महत्वका बारेमा व्याख्या गर्न खोजिएको छैन । नितान्त हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले केही समयअगाडि सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान–२ चलाउनुको उद्देश्य, महत्व, यसले पारेको प्रभाव तथा समग्र उपलब्धिका पाटा र पक्षहरूको मात्र उल्लेख गर्न खाजेको हो ।

हाम्रो पार्टी पुनर्गठनपछि हामीले विभिन्न समयमा विभिन्न भूगोलहरूमा धेरै राजनीतिक अभियानहरू चलाउँदै आएको छौँ । हामीले हाम्रो पार्टीलाई जनताको तहसम्म स्थापित गर्न र जनतालाई हाम्रो क्रान्तिप्रति समर्पित र गोलबन्द गर्नलाई हामी सधैँ जनताको घरदैलो तथा दुर्गम गाउँका झुपडीका जनताको घरमा गएर हाम्रा उद्देश्यहरू राख्दै आयौँ । यसप्रकारका कामकारबाहीहरू हामीले निरन्तर गर्दै आयौँ तर हाम्रो पार्टी खासखास ठाउँहरूमा पुग्न सकेको थिएन । त्यो कुराको अभाव पार्टीमा विगतदेखि नै खड्किएको थियो । हाम्रो पार्टीले क्रान्ति सम्पन्न गर्न वैचारिक, राजनीतिक, साङ्गठनिक, आर्थिक, सांस्कृतिकलगायत क्षेत्रहरूमा केही नयाँ चीजको विकास गरेको छ । उक्त विकसित विचार तथा योजनाहरूलाई जनताको तहमा लैजान नै हामीले विगतदेखि नै निरन्तर अभियानहरू सञ्चालन गर्दै आयौँ । यसैअन्तर्गत हाम्रो पार्टीले ठोस गरेका क्रान्तिका पाँच आधारलाई चार क्षेत्रसँग जोड्न २०७५ माघ १ देखि देशैभर महाभारत क्षेत्रमा २ महिने सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गरेको हो ।

२०७५ साल माघ १ गते सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिकाको नाङ्गेडाँडामा हाम्रो पार्टीका पीबीएम कमरेड अनिल शर्माको प्रमुख आतिथ्य, अभियानका कमान्डर क. शिलुको उपस्थिति तथा सबै अभियानका सदस्यहरूलगायत ठूलो स्तरमा जनताको उपस्थितिमा हामीले सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान उद्घाटन गरियो । अभियान उद्घाटनपछि अभियानका कमान्ड शिलुको अध्यक्षतामा र सबै अभियान टोली सदस्यहरूको उपस्थितिमा हामीले अभियान सञ्चालन गर्नुको उद्देश्य, महत्व, यसको जटिलता, यसले पार्ने प्रभाव र हामीले प्राप्त गर्नुपर्ने उपलब्धिहरूका विषयमा कमान्डर शिलुले योजनाबारे चर्चा गर्नुभयो । सबै अभियान सदस्यहरूको सुझावपछि अन्त्यमा २ महिनाभर हाम्रो अभियान सुनकोसी गाउँपालिका र गोलन्जर गाउँपालिकाको महाभारत क्षेत्रमा सञ्चालन हुने ठोस गरियो जसअन्तर्गत ५ वटा उपटोली निर्माण गरियो । प्रत्येक उपटोलीमा टोली कमान्डर र सहायक कमान्डर रहने गरी एउटा समूहमा कम्तीमा ५ र बढीमा ८ सदस्य रहने गरी टोली विभाजन गरियो जसमा शशी, नयन, रोहित, मौसम र अमरको नेतृत्वमा टोली रहने र उक्त टोलीमध्ये नयन र शशिको टोली सुनकोसी गाउँपालिकामा रहने गरी भूगोल तोकियो । त्यसैगरी रोहित, मौसम र अमरको टोली गोलन्जर गाउँपालिकामा रहने गरी भूगोल विभाजन गरियो । अभियान कमान्डर शिलु, लक्ष्मण, दिनेश रहने गरी कार्यालय निर्माण गरियो । अभियान आत्मनिर्भर तथा मितव्ययी, जनदिशा लागू गरी जननिर्भर हुने भनियो । अभियानको उक्त टोली कमान्डरहरूको आवश्यक कोअर्डिनेसन कार्यालयमा गर्ने र कार्यालयको सुझाव तथा निर्देशनअनुसार कामकारबाही अगाडि बढाउने निर्णय गरियो । अभियानमा पार्टीको सेल निर्माण, जबज निर्माण, जवसको सदस्यता वितरण, पूर्णकालीन कार्यकर्ता उत्पादन, राजनीतिक धु्रवीकरण, आर्थिक पर्चा वितरण, वालिङ, कोणसभा, पिँढीसभा, जनसभा, जनश्रम, उत्पादन कार्य, कार्यकर्ता परिचालन, सहिद परिवार भेटघाट, रातो खबर साप्ताहिक तथा माक्र्सवादी अध्ययन सामग्री वितरण गर्नंे योजना निर्माण गरियो । उक्त योजना तर्जुमा ब्रिफिङपछि सबै टिमहरू आआफ्नो कार्यक्षेत्रमा प्रस्थान गरियो ।

१) वैचारिक, राजनीतिक काम

जब नेपालमा माओवादी आन्दोलनको विचलन, विघटन, विसर्जन, धोकाघडी र मूल नेतृत्वको आत्मसमर्पणपछि हामीले नेपालको क्रान्तिलाई सम्पन्न गर्न माओवादी आन्दोलनलाई नयाँ सिराहाबाट सुरु गरेर पुनः नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरियो । हाम्रो पार्टी पुनर्गठनपछि हामीले एकीकृत जनक्रान्तिको कार्यदिशा ठोस गरेर उक्त कार्यदिशामार्फत नेपालको दलाल, पुँजीवादी, संसदीय व्यवस्थालाई अन्त्य गरी जनताको आफ्नै राज्यसत्ता, वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् यात्रामा हामी निरन्तर लागिपरेका थियौँ । तर उक्त कुरा नेपालको दूरदराज झुपडीमा बस्ने किसान, मजदुर, महिला, दलित, युवा, विद्यार्थी, सुकुमबासी, सहिद परिवारलगायत समग्र रूपमा यो राज्यसत्ताबाट उत्पीडन, दमन र थिचोमिचोमा परेको गरिब जनतालाई हामीले बुझाउन र सुनाउन सकेका थिएनौँ । नेपालका सबै उत्पीडित जनताको मस्तिष्कमा के परेको थियो भने माओवादी भनेका प्रचण्ड–बाबुराम मात्रै हुन् । अरू छैनन् जो र जसका विरुद्ध लडेको थियो उसैसँग गएर घाँटी जोडेर मिलिसक्यो । अब केही हुँदैन । जो आए पनि त्यही हो भन्ने ठूलो भ्रम थियो । हाम्रो अभियान त्यो भ्रमलाई चिर्न सफल भएको छ । माओवादीहरू बिग्रिएका छैनन् । प्रचण्ड–बाबुराम मात्र बिग्रेका हुन् । माओवादीहरू पुनः फेरि क्रान्तिको झन्डा बोकेर गाउँगाउँमा छिरेको छ भन्ने नयाँ सन्देश दिन पनि यो अभियान सफल भएको छ । अब नेपालको राज्यसत्ताबाट केही हुँदैन । गर्छ र हुन्छ भने एक मात्र पार्टी विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी हो भन्ने आमजनमानसमा स्पष्ट र विश्वस्त भएको छ । हामीले जिल्लामा अवस्थित सबै पेसा व्यवसायी, बुद्धिजीवी, शिक्षक पत्रकार, विद्यार्थी, उत्पीडनमा परेका जनता र सबै राजनीतिक पार्टीमा भएको जिल्लास्तरीय नेताहरूसँग घनीभूत ढङ्गले वैचारिक÷राजनीतिकलगायत अन्य प्राविधिक पाटापक्षमा ठूला स्तरको छलफलपछि अन्त्यमा हाम्रो पार्टीले गर्न खोजेको एकीकृत जनक्रान्तिमा साथ, सहयोग, समर्थन र केहीले भौतिक रूपमै सहभागी हुने प्रतिबद्धता गरेका छन् । हाम्रो पार्टीले लिएको सही विचार तथा योजना र वैज्ञानिक योजनाका कारण देशैभरि हाम्रो पार्टी वैकल्पिक शक्तिका रूपमा स्थापित भएको छ र त्यो प्रभाव सिन्धुली जिल्लामा पनि पूर्ण रूपमा परेको छ ।

२) सङ्गठन

‘विचारलाई भौतिक शक्तिमा बदल्ने मुख्य औजार नै सङ्गठन हो ।’ 

हाम्रो पार्टी पुनर्गठनपछि हामीलाई राजनीतिक, वैचारिक चुनौतीका साथसाथै ठूलो स्केलमा साङ्गठनिक चुनौती पनि थियो । तथापि हाम्रो देशैभर पार्टी संरचना त बन्यो तर जनताको स्तरमा हामीले सबै जनतालाई गोलबन्द गरेर सङ्गठित गर्ने तहसम्म हामी पुग्न सकेका थिएनौँ । त्यो अभाव हामीलाई सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ ले सिन्धुली जिल्लामा सफलतापूर्वक सङ्गठन विस्तार गर्न सहयोग पु¥यायो जसअन्तर्गत हामीले दुईमहिने अभियानभरिमा २७१ वटा जबस कमिटी निर्माण गरियो । २३७० जनालाई जवसका सदस्यता वितरण गरियो । २७ वटा पार्टी एकाइ समिति निर्माण गरियो । सुनकोसी गाउँपालिका पार्टी समिति निर्माण गरियो । सबैजसो जवसका गाउँपालिकास्तरीय सङ्गठन निर्माण गर्न सकिने आधार तयार भयो । नबनेका ठाउँहरूमा धेरै ठाउँमा नयाँ पार्टी समिति र जवस निर्माण हुने आधार तयार भयो । हामीले अभियान सञ्चालन गरेको क्षेत्र (गाउँभरि) सबै ठाउँमा एकाध व्यक्तिबाहेक सबै जनता हाम्रो पार्टीमा सङ्गठित भए र पूरै गाउँहरू खाली हुनुका साथसाथै हाम्रो पार्टीले लिएको लक्ष्य र योजना वरिपरि जनताहरू उत्साहका साथ गोलबन्द भए ।

३) आर्थिक

कम्युनिस्ट पार्टी र कम्युनिस्ट सत्ता विघटन र विचलन आउनुका धेरै कारण छन् । तीमध्ये एउटा महत्वपूर्ण कारण आर्थिक अपारदर्शिता अथवा आर्थिक दृष्टिकोण सही नहुनु पनि एक हो । त्यसकारण हाम्रो पार्टीले सुरुआतदेखि नै सबै तहमा आर्थिक प्रणाली चुस्त र पारदर्शी ढङ्गले सञ्चालन गर्दै आएको छ । हामीले त्यही नीतिलाई पछ्याउँदै हामीले २ महिनाभरि सबै अभियान टिमलाई जनतामा आत्मनिर्भर हुने गरी जनदिशा लागू गरी आर्थिक मितव्ययिता अपनाइयो । त्यसका साथसाथै जिल्लामा रहेका सबै व्यवसायी, उद्योगपति, व्यापारी, बुद्धिजीवी, प्राध्यापक, कर्मचारी, शुभचिन्तक सबैले ठूलो सङ्ख्यामा आर्थिक सहयोग गरी हामीलाई चाहिने सबै प्राविधिकलगायत व्यवस्थापकीय सामग्रीहरू सहजतापूर्वक अभियान टिमलाई उपलब्ध गराइयो । व्यवसायीहरूको सहयोगले जिल्ला पार्टी चलाउनेलाई पनि ठूलो सहयोग पु¥याएको छ । अप्ठ्यारोमा परेका पूर्णकालीन कार्यकर्ता, नेता, सहिद परिवार, बिरामी, अति विपन्न वर्गलगायत सबैलाई केही मात्रामा आर्थिक सहयोग हाम्रो अभियान टिमका तर्फबाट सहयोग गरियो ।

४) प्रचारप्रसार कार्य तथा सूचना–सञ्चार

पछिल्लो समयमा पुँजीवादीहरूले विरोधीहरूलाई दबाउन र आफ्नो तुच्छ कार्यलाई ढाकछोप गरी मूल विषयान्तर गरी आफ्नो असफलतालाई छोप्न सफल भएको प्रचार युद्धमार्फत हो । यो कुरालाई गम्भीरतापूर्वक ध्यान दिन सकिएन भने हाम्रो क्रान्तिलाई ठूलो क्षति हुनेछ । त्यसकारण उक्त कुरालाई हामीलाई आत्मसात गरी २ महिना अभियानभर प्रचारप्रसार कार्यलाई तीव्रता दिइयो जसअन्तर्गत विभिन्न ठाउँमा गरी १,०११ ठाउँमा वाल पेन्टिङ गरियो । १३,५०० प्रति पार्टीका अपिल वितरण गरियो । १०० प्रति रातो सुखानी वितरण गरियो । रातो खबर साप्ताहिक ४०० प्रति वितरण गरियो । त्यसैगरी धेरै सङ्ख्यामा माक्र्सवादी अध्ययन सामग्रीहरू जनता तथा कार्यकर्ता सबैमा वितरणका साथसाथै घनीभूत ढङ्गले अध्ययन गराइयो । हामीले सबै जनतालाई हाम्रो सामग्री वितरणपछि पढाएर, बुझाएर जनतालाई प्रशिक्षित गरियो । हाम्रो पार्टीको विचार, दृष्टिकोणहरू प्रचारप्रसारमार्फत तल्लो तहसम्म सम्प्रेषण गरियो ।

५) कार्यकर्ता उत्पादन कार्य तथा जनश्रम

‘विचार सही भएर मात्र हुँदैन त्यसलाई कार्यान्वयन गर्नलाई इमानदार नेता–कार्यकर्ता पनि चाहिन्छ ।’
हामीले अभियान उद्घाटन गर्दाखेरि थोरै सङ्ख्यामा सुरुआत गरेको थियो । तर हाम्रो अभियानको अन्त्यअन्त्यतिर पुग्दा हामी अभियान टिमवरिपरि सयौँको सङ्ख्यामा मान्छेहरू गोलबन्द भएर हिँड्न तयार भए । यही क्रममा १६ जना नयाँ साथीहरू पूर्णकालीन हुनुभयो भने अन्य सयौँको सङ्ख्यामा पूर्णकालीन आधार निर्माण भयो । हाम्रो पार्टीले तय गरेको विचार तथा योजनालाई जनताका तहमा लगेर कार्यान्वयन गर्ने काममा यो अभियान कोसेढुङ्गाका रूपमा साबित भएको छ । उत्पादन कार्य र श्रममा नजोडिएको कार्यकर्ता कम्युनिस्ट पार्टीको सदस्य हुन सक्दैन भन्ने सिद्धान्तबाट हामी कम्युनिस्ट पार्टीका सदस्यहरू उक्त कुरालाई आत्मसात गरेर हामीले केही सहिद परिवार, केही घाइते, केही एकल महिला, केही अति विपन्न परिवारहरूलगायतको घर बनाउने, बाली भित्र्याउने, मल बोक्ने, तोरी माड्नेलगायत कयौँ सङ्ख्यामा हाम्रो अभियान टोलीले जनताको श्रम ग¥यो भने हामीले पार्टीको उत्पादन कार्यका लागि १ लाख रुपैयाँ लगानी गर्ने निर्णय गरियो ।

६) ध्रुवीकरण

हाम्रो पार्टीले अघि सारेको वैज्ञानिक समाजवादी कार्यक्रम, नेपालको वर्तमान दलाल, पुँजीवादी संसदीय व्यवस्थालाई ध्वंस गर्नुका निम्ति ठोस गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा सही लागेर विभिन्न समयमा विभिन्न पार्टीबाट हाम्रो पार्टीमा समाहित हुने क्रम त जारी नै थियो । तर त्यसको तुलनामा हामीले यो अभियान सञ्चालन गरेपछि सयौँको सङ्ख्यामा विभिन्न पार्टी परित्याग गरी हाम्रो पार्टीमा समाहित हुन आएका छन् जसअन्तर्गत माकेबाट ५ जना जिल्ला समिति सदस्य, वैद्य माओवादीबाट ६ जना जिल्ला समितिसहित अन्य विभिन्न जवस मोर्चाबाट सयौँको सङ्ख्यामा हाम्रो पार्टीको विचार सही लागेर हाम्रो पार्टीमा ध्रुवीकृत भएका छन् । हामीले गरेका ठोस कार्यक्रम व्यावहारिक रूपमै सही लागेपछि अन्य ठाउँहरूबाट पनि तत्कालै सयौँको सङ्ख्यामा ध्रुवीकृत हुने वातावरण तयार भएको छ ।

७) अनुभूति तथा निष्कर्ष

हाम्रो पार्टीले जुन सहजताका साथ सहज वातावरणमा अभियान उद्घाटन गरेको थियो तर त्यो सहज परिस्थिति धेरै दिन रहन सकेन किनकि हाम्रो अभियानको उद्देश्य नै सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान भएपछि हामी त स्वाभाविक रूपमा जनतामा गएर हाम्रो विचार तथा कार्यक्रम भनेर जनतालाई सङ्गठित गर्ने र पुराना सदस्यलाई पुनर्गठित गर्ने काम भयो । त्यही क्रममा हामी जहाँ गयौँ त्यहाँका टोल, गाउँबस्ती हाम्रो पार्टीमा समाहित भयो । जवसको सदस्यता लिएपछि सबै गाउँबस्तीहरू विप्लवमय भएपछि त्यहाँका विरोधी तथा सत्ताधारी पार्टीहरूको निद्रा समाप्त भयो किनकि हाम्रो निर्माण हुनु भनेको तिनको भत्किने र समाप्त हुने हो । गाउँबस्तीहरू सबै सत्ताधारीका विरुद्ध र हाम्रो कित्तामा उभिएपछि हाम्रो पार्टी जनताका माझमा लोकप्रिय बन्दै गयो । त्यो कुरा यहाँका दलालहरूलाई स्वीकार्य नभएपछि बिस्तारै हामीमाथि दमनमा उठ्ने कुचेष्टा गरे । अन्त्यमा हाम्रो अभियानको निर्धारित समय सक्नुअगाडि नै हाम्रो पार्टीमाथि यो सामाजिक फासिवादी केपी–पीके सरकारले प्रतिबन्ध लगाउनु प¥यो । प्रतिबन्धपछि राज्य फासिस्ट ढङ्गले आयो । त्यो दमन पञ्चायतलाई समेत ओझेलमा पार्ने किसिमको थियो । हामी कयौँ ठाउँमा घेराबन्दीमा प¥यौँ । तर जनताको अपार मायाको कारणले हामी तिनको पन्जाबाट बच्न सफल भयौँ । यो अभियानले सिन्धुलीको गोलन्जर र सुनकोसी गाउँपालिकाको ८० प्रतिशत जनताले हाम्रो पार्टी र क्रान्तिमा समाहित हुने प्रतिबद्धता व्यक्त गरेका छन् । हाम्रो पार्टीले संश्लेषण गरेको केही रणनीतिक महत्वका क्षेत्रहरूमा क्रान्तिको धावन मार्ग निर्माण गरेको छ । अब हामी सहजतापूर्वक हाम्रो गन्तव्यमा सरिक हुन कुनै छेकबार हुनेवाला छैन । जनतालाई थुपारेको अन्याय, अत्याचार, भ्रष्टाचार, बलात्कार, हत्या, हिंसा, कर वृद्धि, राष्टघाट, जनघातलगायतको समस्या समाधान हुन्छ र यो अहिलेको दलालहरूलाई परास्त गरिन्छ भने हामी गाँस र बास होइन, रगत दिन तयार छौँ भनेर कयौँ जनताले हामीलाई अघि बढ्न प्रेरणा दिनुभयो ।

अभियानले सिन्धुली जिल्लालाई नयाँ उचाइमा उठाएको छ । यो उचाइलाई यहाँको पार्टीले निरन्तरता दिनुपर्छ भन्ने सबै अभियान सदस्यहरूको सुझावपछि कमान्डर शिलुले सबैलाई अबिर लगाएर धन्यवाद दिँदै बिदाइ गर्नुभयो ।

२०७६ असार १५ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :